सिँचाइको माग गर्दै नरैनापुर जमुनीवासी

सदरलाइन संवाददाता ३ कार्तिक २०७९, बिहीबार १६:५९
 

नरैनापुर (बाँके)  : बाँकेको नरैनापुर गाउँपालिका वडा न ६ जमुनीका वासिन्दाले सिचाइको माग गरेका छ्न । बिहीबार बाँके क्षेत्रन १ क लुम्बिनी प्रदेश सभा उम्मेदवार कृष्णा केसी संग नमुना भेटघाटको क्रममा जमुनीका मतदाताले नरैनापुर सुख्खा क्षेत्र भएकोले सिँचाइका लागि माग गरेका हुन ।

भेटघाट स्थानीयले आफुहरु वर्षौदेखि अध्यारोमा बस्न बाध्य भैरहेका बेला बिजुली र सडक ल्याएर गुण लगाएको भन्दै अब सिँचाइको व्यवस्था गरेर नरैनापुरमा कृषि गरेर रोजगार बन्न वातावरण सिर्जना गरिदिन आग्रह गरेका हु्न ।

जमुनीका रमजान अलि साइले बाख्रा पालनका लागि पकेट अनुदानको व्यवस्था गरिदिन माग गरे । ‘पहिले हामीले तपाईंलाई जिताएर सडक र बत्ति आयो त्यसैले पनि तपाईं काम गर्नुहुन्छ भन्ने पूरा विश्वास छ । यसपटक पनि हामी जिताउछौ’– साइले भने ।


त्यस्तै स्थानीय मणीराम धोबीले नमुनाले नरैनापुरमा सडक बत्ती ल्याएर नमुना काम गरेको बताए । स्थानीय मतदाताहरु संगको छलफलमा नमुनाले नरैनापुरका बासिन्दाको माग अनुसार नरैनापुरका हरेक वडामा सिँचाइका लागि प्रत्येक वडामा ४÷४ वटा डिप बोर्डिङको गाड्ने काम अघि बढेको बताइन ।

उनले सिक्टा सिचाइको पुर्वीनहरको मुआब्जाको समस्या समेत समाधान भैसकेकोले नरैनापुरमा छिट्टै सिँचाइको सुविधा पुग्ने बताइन । राप्तीनदीको कटानको समस्या समाधान गर्न नदी किनारमा तटबन्ध गर्ने काम समेत छिट्टै अघि बढ्ने बताइन । छलफलमा माओवादी केन्द्र मधेसी मुस्लिम र दलितको पार्टी भएकोले गठबन्धनलाई मतदान गर्न तत्पर रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीका कारण दाङमा चार हजार बढी घरपरिवार प्रभावित

३ कार्तिक २०७९, बिहीबार १६:५९
नेपालगञ्ज : अविरल वर्षाका कारण दाङमा चार हजार बढी घरपरिवार प्रभावित भएका छन् । जिल्लामा असोज १८ गते बेलुकादेखि असोज २५ गतेसम्म परेको अविरल वर्षातका कारण चार हजार सात सय ४४ परिवार प्रभावित भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । वर्षापछिको बाढी, पहिरो र डुबानले एक हजार […]