दाङका रोशनी र शरदको चिता एकै ठाउँमा जलाइयो

सदरलाइन संवाददाता १ कार्तिक २०७९, मंगलवार १४:१८
 

दाङ : जंगलमा हत्या गरी एकै ठाउँमा गाडेको अवस्थामा शव फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा जलेको छ । फरेन्सिक विज्ञ आएर मंगलबार उनीहरूको शव पोष्टमार्टम भएसँगै मंगलबार दुबै जनाको शितलपुर घाटमा अन्त्येष्टि गरिएको हो ।

रोशनी र शरदका आफन्त तथा परिवारजनले उनीहरूको चिता एकै ठाउँमा सँगसँगै जलाउने निर्णय गरेका थिए । तुलसीपुर–१३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय सामुदायिक जंगलको एकै चिरोमा हत्या गरी फालेको अवस्थामा रोशनी र शरदका शव फेला परेका थिए ।


शरदको शवमाथि रोशनीको शव राखेर माटोले अलिअलि पुरेको अवस्थामा शव भेटिएका थिए । १५ वर्षीया रोशनी र १४ वर्षीय शरद स्थानीय अम्बापुर माविमा कक्षा ८ र ९ मा पढ्दै थिए ।

घटना अनुसन्धानमा सहयोग पुगोस् भनेर उनीहरूका केही सहपाठी तथा गाउँका साथीसमेत गरी ६ जनालाई सोधपुछको लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ । दमारगाउँमा एकै साथ दुई किशोरकिशोरीको शव फेला परेपछि गाउँ शोकमा डुबेको छ भने स्थानीय त्रसित छन् । प्रहरीले घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा केही नयाँ र केही पुराना उम्मेदवारबीच प्रतिस्पर्धा

१ कार्तिक २०७९, मंगलवार १४:१८
नेपालगञ्ज : बाँकेमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमा जनताले पटक–पटक परीक्षण गरिसकेका र नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । बाँके क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज उम्मेदवार छन् । उनको सशक्त प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का तर्फबाट सूर्य […]