बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना तथा आहारा प्रजातीको अवलोकन सुरु

१२ पुष २०७३, मंगलवार १०:००
 

सदरलाइनडटकम
१२ पुस, नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा बाघ र बाघले खाने आहारा प्रजातीको अवस्था अध्ययन अवलोकन कार्य सुरु भएको छ । अत्याधुनिक प्रविधिका स्वचालित क्यामेरा प्रयोग गरी क्यामेरा ट्रयापिङ्ग सिस्टमबाट बाघ गणना तथा बाघको आहारा प्रजाती अनुगन कार्यक्रमको सुरुवात गरिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले निकुञ्जको जंगलमा राखिएको क्यामराको स्वीच अनगरेर कार्यक्रमको उद्दघाटन गरे । उनले निकुञ्ज जिल्लाको सम्पत्ती भएको बताउदै निकुञ्ज र निकुञ्जमा पाईने जनावरको समेत संरक्षण गर्नुपर्ने दायित्व सबै बाँकेबासीको भएको बताए ।
उनले बाघको आहाराजातीको संरक्षण भएमात्र बाघको संरक्षण गर्न सकिने भएकोले क्यामेरा ट्रयापिङ्ग सिस्टमले बाघ र आहारा प्रजातिको अवस्था जानकारीमा आउनुको साथै निकुञ्जभित्र हुने चोरी सिकारीको समेत अवस्था बाहिर ल्याउने बताए ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र बाँके राष्ट्रिय निकुञ्जको आयोजनामा २ बर्ग किलोमिटरको क्षेत्रमा निकुञ्जलाई बाँडेर १ सय २२ स्थानमा स्वचालित ट्रयापिङ्ग क्यामरा राखेर ४० दिनमा सो अनुगमन तथा बाघ गणना सम्पन्न गर्ने लक्ष रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।


राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका अम्बीका खतिवडाले कोषको सक्रियतामा शुक्लाफाँटा र बर्दियामा एक महिना अगाडि स्वचालित ट्रयापिङ्ग क्यामरा राखेर अनुगमन कार्यक्रम सम्पन्न भएको जनाकारी दिए । उनले भने–‘यो कार्यको लागि निकुञ्जका कर्मचारी, स्थानीय चोरी सिकारी बिरुद्ध क्रियाशिल युवाहरु र कोषका कर्मचारी गरी २५ देखि ३० जनाको समूहले ४० दिनमा अवलोकन पुरा गर्ने छन् ।’
सन २००९ मा स्थापना भएको मुलुककै सबैभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना २०१३ देखि सुरु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनले दिएको जानकारी अनुसार २०१३ मा ३ वटा बयस्क बाघ भेटिएको थियो ।
सन २०१४ मा ४ वटा, सन २०१५ मा ६ वटा र २०१६ को अप्रेलमा गरिएको गणनामा ९ बटा बाघ बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाईएको छ । गत अप्रेलमा भएको बाघ गणनामा २ ठाँउमा बच्चा सहितको बाघ भेटिएको कारणले पनि निकुञ्जमा बाघको संख्या बढ्दो रहेकोले आहारा प्रजातीको अवस्थाको समेत अवलोकन सुरु गरीएको उनको भनाई छ ।


    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकारी सेवा घर दैलोमा दिनको लागि एकीकृत घुम्ती शिविर (फोटो कथासहित )

१२ पुष २०७३, मंगलवार १०:००
सदरलाइनडटकम . १२ पुस, नेपालगन्ज : बाँकेका सुदूरपूर्वी गाविसहरुमा मंगलबार एकदिने घुम्ती शिविर सञ्चालन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले शिविरको उद्दघाटन गर्दै भने–‘ स्थानीयबासिका लागि लक्षित गरी घरदैलोमा नै सरकारी सेवा पुराउने उद्देश्यले घुम्ती शिविरको आयोजना गरेको हो ।’ बाँकेको खासकुस्मा, कचनापुर, महादेवपुरी, विनौना र बैजापुर गाविसका […]

सम्बन्धित