नर्सिङ्ग स्टाफहरुको आन्दोलनको समयाबधी बढ्यो, सेवाग्राही मर्कामा

४ माघ २०७४, बिहीबार १६:२९
 

सदरलाइनडटकम
४ माघ नेपालगन्ज : मानव अंग प्रत्यारोपण केन्द्रबाट नर्सिङ्ग स्टाफ निष्काशनको बिरोधमा नेपाल नर्सिङ्ग संघले आव्हान गरेको आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् । बिहीबारदेखि उनीहरुले एक सिफ्ट डियूटी अवज्ञा गर्ने आन्दोलन सुरु गरेका कारण बाँकेका विभिन्न अस्पतालमा उपचारमा आउने सेवाग्राही मर्कामा परेका हुन् ।
उनीहरुको आन्दोलनका कारण नेपालगन्जको भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका अस्पतालहरु प्रभावित भएका हुन् ।
गत पुस २६ गतेदेखि हातमा कालोपट्टी बाँधेर चरणबद्ध आन्दोलनमा उत्रिदाँ पनि सम्बन्धित निकायले सुनुवाई नगरेको भन्दै आन्दोलन बिहीबारदेखि अझ शसक्त पार्ने क्रममा बिहान ८ बजेदेखि ४ बजेसम्म आपतकालिन कक्षबाहेक अन्य कुनैपनि स्थानमा डियूटी नगर्ने निर्णयका साथ आन्दोलनमा उत्रिएको भेरी अञ्चल अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठले जानकारी दिईन ।
उनले भनिन–‘ नर्सिङ्ग स्टाफको आन्दोलनको कारण अस्पतालमा उपचारको लागि आउने विरामी मर्कामा परेको देख्दा पनि आफ्नो पेशागतको सुरक्षाको लागि आफुहरुको आन्दोलन बाध्यता हो । आपतकालिन र अति संवेदनशिल स्थानमा हामीले डियूटी गरेरै आन्दोलनमा उत्रिएका छौ ।’


यसैगरी गत पुस २६ गतेदेखि विभिन्न ११ सुत्रीय मागहरु अघि सारेर नर्सिङ्ग संघको आव्हानमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा आन्दोलन बिहीबारदेखि केन्द्रको निर्णय अनुसार एक सिफ्ट डियूटी अबज्ञा सुरु भएको नेपाल नर्सिङ्ग संघका सदस्य समेत रहेकी देवमाया घलेले बताईन ।


मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सिङ्ग स्टाफहरुलाई विनाशर्त पुनःबाहली गर्नुपर्ने, अधिकार सहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गर्न, नर्श विरामी अनुपात सबै अस्पतालमा लागू गर्न, सरकारले उपलब्ध गराएको न्यूनतम तलव भत्ता सरह नीजि संस्थाहरुमा कार्यरत नर्शहरुलाई तहगत हिसाबले उपलब्ध गराईयोस, भोलेन्टियरको नाममा नर्श माथि हुने श्रमशोषण बन्द गरियोस लगायतका विभिन्न ११ बुँदे मागहरु अघि थालनी गरिएको छ ।
नर्सिङ्ग स्टाफहरुले हातमा कालो पट्टी बाँधेर आपतकालिन कक्ष र प्रसुती कक्ष बाहेक सबै स्थानमा डयूटी बहिष्कार गर्दै आन्दोलन उत्रिदा पनि संबन्धित निकाय तथा अस्पताल प्रशाशनले कुनै सुनुवाई नगरेकोले बिहीबारबाट थप शशक्त आन्दोलन चर्काउने नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज नर्सिङ्गहोमका मेट्रोन ममता शर्माले जानकारी दिईन ।



नर्सिङ्ग स्टाफहरुले बिहबार माघ ४ गते बिहान ८ बजेदेखि ४ बजेसम्म ईमरजेन्सी र प्रसुती केन्द्र, आईसियु,, एनआईसियु, डायोलेसिस जस्ता क्रिटिकल बाहेक अन्य वार्ड, अपरेशन थियटर समेत ठप्प पार्ने गरी आन्दोलनको सुरुवात गरेका छन् । यस अघि उनीहरु दैनिक ३ घण्टा ठप्प पार्दै आन्दोलनमा उत्रीएका नर्सिङ्ग स्टाफहरुको मागको कुनै सुनुवाई नभएको भन्दै बिहीबारबाट एक सिफ्ट नै डियूटी अवज्ञा गर्ने आन्दोलनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका मेट्रोन ललिता शर्माले जानकारी दिईन ।
नर्सिङ्ग स्टाफहरुको आन्दोलनको कारण नेपालगन्जको भेरी अञ्चल अस्पतालमा नयाँ विरामी भर्ना हुन तथा डिस्चार्ज हुनमा समेत समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.कृष्ण आचार्यले जानकारी दिए । नर्सिङ्ग स्टाफहरुको आन्दोलनका कारण अस्पतालमा उपचारको लागि भर्ना भएका विरामीको उपचार प्रभावित हुनुको साथै अपरेशन सेवामा समेत ठप्प भएको छ ।
उनले भने–‘ नर्सिङ्ग स्टाफको आन्दोलनका कारण अस्पतालमा ईमरेन्सी, आईसियु, एनआईसियु, प्रसुतीसेवा र डायोलेसिस सेवा बाहेक अन्य सबै सेवाहरु अत्यन्त प्रभावित बनेकोले आकस्मिक बैठक बसेर जिल्ला प्रशाशन कार्यालय बाँके, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्य मन्त्रलायमा अवस्थाको बारेमा ध्यानकर्षण गराएर पठाएका छौ ।’

     

Next Post

प्रादेशिक महोत्सवमा चार देशका स्टल राखिने

४ माघ २०७४, बिहीबार १६:२९
सदरलाइनडटकम  ४ माघ,  नेपालगन्ज  : आगामी माघ ११ गतेदेखि २२ गतेसम्म नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको प्रादेशिक महोत्सवमा पहिलो पटक बिदेशी स्टलको पनि सहभागिता हुने भएको छ । नेपालगन्जको कांरकादो स्थित सडक डिभिजन परिसरमा आयोजना गरिने सो महोत्सवमा भारत, चीन, बंगलादेश र पाकिस्तानका बिभिन्न उत्पादनको सहभागिता रहने आयोजकले […]