उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री मुलायम सिंह यादवको निधन

सदरलाइन संवाददाता २४ आश्विन २०७९, सोमबार १२:५७
 

नेपालगञ्ज : भारतको उत्तर प्रदेश राज्यका पूर्व मुख्यमन्त्री एबम संघीय सरकारका पुर्व रक्षामन्त्री मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ ।

हरियाणाको गुरुग्राममा रहेको मेदान्त अस्पतालमा उनको एक हप्ता अघिदेखि उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको सोमवार बिहान निधन भएको हो ।


स्व.यादव सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बन्दै उनी ३ पटक उत्तर प्रदेशको नेतृत्व गरेका थिए । उनी समाजवादी पार्टीका संस्थापक समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चट्याङ लागेर बाँकेमा एक जनाको मृत्यु

२४ आश्विन २०७९, सोमबार १२:५७
नेपालगञ्ज : बाँकेमा अविरल वर्षासँगै परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ का ६८ बर्षीय कालिबन बस्नेतको चट्याङ लागेर मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो साढे १२ तिर बस्नेत आफ्नो घरदेखि २ किलोमिटर उत्तर जंगल गाई चराउन गएको अवस्थामा […]