सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको चौथो गाउँसभा बुधवार पनि स्थगित गरिएको छ । बुधवार बसेको गाउँसभाले फागुन ८ गते विहान ११ बजेसम्का लागि बैठक स्थगित गरेको हो ।
गाउँसभामा राखिएको प्रमुख प्रस्ताव गाउँपालिका कहाँ राख्ने र व्यवस्थित खेल मैदान कुनस्थानमा बनाउने भन्नेमा सहमति जुट्न नसकेपछि फागुन ८ गतेका लागि सभा स्थगित गरिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।
सभा स्थगित हुनुअघि भएको प्रस्ताव खजुरा गाउँपालिकालाई चैत्र मसान्तभित्र पूर्ण साक्षर घोषणा गर्नेअनुरुप ५ लाख बजेट विनियोजन गर्ने बारेमा सभाले सर्वसम्मतले पारित गरेको छ ।
![](https://sadarline.com/wp-content/uploads/2022/07/3.jpg)