१८ गड्डी तास खेल्ने दुई जुवाडे परे प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता १५ कार्तिक २०७८, सोमबार ११:१२
 

खजुरा (बाँके) : बाँके प्रहरीले खजुरा गाउँपालिका वडा नं.२ एगाउँ नजिक नर्सरीमा जुवा खेलिरहेका दुई जनालाई ६० हजार ५ सय नगद र १८ गड्डी ताससहित नियन्त्रणमा लिएको छ ।


जुवा खेली रहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहारी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँके जानकी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २८ को असोक बर्मा र भारतको बहराईज जिल्ला रुपैडिहा बस्ने बर्ष ४० को राधे बर्माको साथबाट रु.६० हजार ५ सय नगद रकम र १८ गड्डी तास सहित फेला पारी नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार आइतबार राती ९ बजेको समयमा सो तास खेल्ने स्थानमा उनीहरु दुई जनामात्र रहेको वा अन्य प्रहरी आएपछि भागेको उल्लेख गरेको छैन । १८ गड्डी तास खेल्नेहरु दुई जना मात्र रहनु अर्थपूर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ९ संक्रमित थपिए, ७ जना डिस्चार्ज

१५ कार्तिक २०७८, सोमबार ११:१२
नेपालगञ्ज : बाँकेमा सोमवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज भेरी अस्पतालमा ४७ नमुना परीक्षण गर्दा ६, मेडिकल कलेज कोहलपुरमा १५ नमुना परीक्षण गर्दा २ र बागेश्वरी ल्यावमा १६ नमुना परीक्षण […]