कोरोना भाइरसको उपचारका लागि पाँच दिनमै अस्पताल तयार

१५ माघ २०७६, बुधबार १७:५३
 

सदरलाइनडटकम,
काठमाण्डौ : चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक ६ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो । तर, चीनले पाँच दिनमै उक्त अस्पताल तयार गर्यो ।
चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलवार रातिदेखि सञ्चालनमा ल्याइएको हो । एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण गरेको डेलिमेलले जनाएको छ ।
वुहान प्रान्तमा बनेको डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर मंगलवारदेखि सञ्चालनमा आएको हो । वुहान प्रान्तका अधिकारीहरुले उक्त अस्पताल निर्माणमा संलग्न सबैलाई तोकिएको समयअगावै काम सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । त्यहाँ स्थानीय समय अनुसार राति साढे १० बजेदेखि बिरामीहरुको उपचार थालिएको हो ।


पहिलो पटक संक्रमित भएका कोरोनाका बिरामीलाई उक्त अस्पतालमा स्थानान्तरण गरिएका छन् । दक्षिणी वुहानको ह्वागाङमा रहेको उक्त अस्पताल दुई दिनमै बनाइएको हो । यसअघि शुक्रवार भवन निर्माण सम्पन्न भइसकेको तर, खाली रहेको बताइएको थियो । शनिवारदेखि अस्पतालको उपकरण जडानदेखिका आन्तरिक कामहरु गरिएको थियो । सोमकार अस्पतालमा हजार शय्याहरु व्यवस्थापन गरिएको थियो ।
यससँगै सोमवार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङगाङका सरकारी अधिकारीहरुले बताएका छन् । उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए । यसअघि बिहीवार सरकारले एक सातामै कोरोना भाइरसका बिरामीको उपचार गर्ने छुट्टै अस्पताल बनाउने घोषणा गरेको थियो ।



यसअघि सन् २००३ सार्सको संक्रमण फैलिएका बेला बेइजिङमा सात दिनमा नयाँ अस्पताल खडा गरिएको थियो । २४ घण्टामा थप ७६९ संक्रमित बढेको चीनले पुष्टि गरेपछि उक्त अस्पतालको निर्माण सम्पन्न गरिएको थियो । अहिलेसम्म चीनमा ६ हजारभन्दा बढी संक्रमित छन् भने १३२ जनाको ज्यान गइसकेको छ । (एजेन्सी)

Next Post

गुठी जग्गाबारे जग्गाधनी आन्दोलित

१५ माघ २०७६, बुधबार १७:५३
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा रहेको ८४ बिगाह जग्गा बागेश्वरी मन्दिरको नाममा गर्ने सरकारले तयारी गरेपछि जग्गाधनीहरु आन्दोलित भएका छन् । सदियौंदेखि तिरो तिर्दै आएको जग्गा एक्कासी मन्दिरको नाममा भएको भन्दै सरकारले फिर्ता लिने तयारी गरेपछि जग्गाको भोगचलन गर्दै आएकाहरु बुधवारबाट नेपालगञ्जमा आन्दोलित भएका हुन् । उनीहरुले जग्गा भएको […]