नेपालगन्ज–१ मा एमालेको सम्पर्क कार्यालय उद्घाटन

सदरलाइन संवाददाता १४ बैशाख २०७९, बुधबार ११:२०
 

नेपालगन्ज : नेपाल कम्युनिष्ट पार्टी एमालेले नेपालगन्ज उप–महानगरपालिका वडा नं १ मा सम्पर्क कार्यालय उद्घाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बुधवार नेकपा एमालेको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

सम्पर्क कार्यालय उद्घाटन एक कार्यक्रमका बिच नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपालगन्जका लागि एमालेबाट मेयर पदका उम्मेद्वार पशुपतिदयाल मिश्र र उपमेयर पदका उम्मेद्वार शान्ती ढकालले नेपालगन्ज १ को सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

सम्पर्क कार्यालय उद्घाटन समारोहमा बोल्दै मेयर पद्का उम्मेद्वार मिश्रले एमालेको नेतृत्वले मात्रै जनताको अवस्थामा परिवर्तन ल्याउन सक्नेमा जोड दिंदै यहाँका जनताले आफुहरुलाई भारि मतान्तरले विजयी बनाउने विश्वास व्यक्त गरे ।


नेपालगन्जको सर्वाङ्गीण विकासका लागि एमालेको जित अपरिहार्य रहेको बताउदै उपमेयरका प्रत्यासी शान्ति ढकालले आफुहरुले जिते नेपालगञ्ज नगरलाई देशकै नमुना शहरका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

सो कार्यालय उद्घाटन समारोहमा पार्टीका केन्द्रिय सदस्य दिपा शर्मा, हारुन हल्वाई, लेखा आयोगका सदस्य विजया धिताल, पुर्व जिल्ला अध्यक्ष निरक गुरुङ्ग लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–१ र कोहलपुर–३ मा एकै घरका दुई दाजुभाई वडा अध्यक्षमा भिड्दै

१४ बैशाख २०७९, बुधबार ११:२०
नेपालगञ्ज :  आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बाँकेका दुई पालिकामा एकाघरका दुई दाजुभाई फरक–फरक राजनीतिक दलबाट मुख्य प्रतिश्पर्धी रहेका छन । नेपालगञ्ज उपमहानगरपालिका–१ मा एमालेबाट भाई प्रमोद रिजाल र दाजु बिनोद रिजालले काँग्रेसबाट वडा अध्यक्षका लागि फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन । भाई प्रमोद २०७४ […]