थप चार जनाको डीएनए पनि ‘नेगेटिभ’

३० कार्तिक २०७५, शुक्रबार १३:३६
 


सदरलाइनडटकम,
कञ्चनपुर : निर्मला पन्तको बलात्कारपछि भएको हत्याको अनुसन्धानका क्रममा डीएनए परीक्षणका लागि पठाइएको थप चार जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको रिपोर्टमा चारै जनाको डीएनए रिपोर्ट ‘नेगेटिभ’ आएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा शंकाको घेरामा परेका थप ४ जनाको डीएनए पनि नमिलेको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए । प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डीएनए नमुना संकलन गरी परीक्षणका लागि काठमाण्डौ पठाएको थियो ।
प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट आएको डीएनए रिपोर्ट निर्मलाको स्वाबमा रहेको डीएनएसँग म्याच नभएको उनले जानकारी दिए । प्रहरी नायव उपरीक्षक ओझाले अनुसन्धानका क्रममा थप कसैमाथि शंका लागे फेरि पनि डीएनए परीक्षण गर्न सकिने बताए ।
यसअघि, प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र मेयरका भतिजा आयुष विष्टको डीएनए परीक्षण गर्दा मेल खाएको थिएन भने दिलीपसिंह विष्ट र चक्रदेव बडुको समेत डीएनए मेल खाएको थिएन ।

Next Post

बिबाद मिलाउन जाँदा दाङमा प्रहरीमाथि खुकुरी प्रहार

३० कार्तिक २०७५, शुक्रबार १३:३६
सदरलाइनडटकम, दाङ : दाङमा प्रहरी जवानमाथि खुकुरी प्रहार भएको छ । शान्तिनगर गाउँपालिका वडा नं. २ अमुवामा दुई समुहबीच भएको विवादलाई मिलाउन गएका ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी जवान चन्द्रप्रकाश वली माथि खुकुरी प्रहार भएको हो । प्रहरी जवान वलीको टाउकोमा १० वटा टाँका लागेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक […]