तुलसीपुरबाट २४ जना चोर पक्राउ

सदरलाइन संवाददाता ३१ भाद्र २०७९, शुक्रबार १५:०१
 

दाङ : तुलसीपुर बजार क्षेत्रमा चोरी कार्यमा संलग्न २४ जना पक्राउ परेका छन् । एकै साथ धेरै चोरहरु पक्राउ परेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरको थुनुवा कक्षमा राख्न ठाउँको अभाव भएको एक प्रहरी अधिकारीले बताए ।

उनले भने –‘ थुनुवा कक्षा सानो छ र एकै साथ ३४ चोर पक्राउ परेपछि राख्ने ठाउँकै समस्या भइरहेको छ ।’

केही दिनको अन्तररालमा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्ले  जानकारी दिए ।


पक्राउ परेकाहरु दश बर्षदेखि ४५ बर्ष उमेरसम्मका रहेको डिएसपी मल्ले बताए । पक्राउ परेकाहरु मध्य कुखुरा चोरदेखि सुन चोरसम्मको चोरी कार्यमा संलग्न रहेको पाइएको मल्ले जानकारी दिए ।

पक्राउ परेकाहरु म्याद थप पछि छिट्टै सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ । चाड पर्वको समयमा बिगतमा पनि तुलसीपुरमा बिभिन्न खाले चोरीका घटना हुने गरेका थिए ।

यसपटक त्यो हुन नपओस भनेर प्रहरीले पहिलेदेखि नै तयारी थालेको डिएसपी मल्लले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकारलाई विपदको घटनाको सूचना प्रवाह गर्दा सम्वेदनशील हुन मन्त्री शर्माको आग्रह

३१ भाद्र २०७९, शुक्रबार १५:०१
नेपालगञ्ज : आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलमराम शर्माले विपदजन्य सूचनाहरु सम्प्रेशण गर्दा संवेदनशील हुन पत्रकारलाई आग्रह गरेका छन् । बुटवलमा भएको सञ्चारकर्मीका लागि विपत पत्रकारिता तालिमको उदघाटन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । मन्त्री शर्माले सञ्चारकर्मीहरुले जहिलो पनि सत्य, तथ्यको नजिक रहेर रिपोर्टिङ गरी नागरिकको सुरक्षाका लागि […]