कोरोना कहर : बाँकेमा दुईदिनमा चार संक्रमितको उपचारको क्रममा मृत्यु

सदरलाइन संवाददाता १६ कार्तिक २०७७, आईतवार ०९:३७
 


नेपालगञ्ज  : बाँकेमा कोभिड–१९ का कारण उपचारको क्रममा रहेका चार जना संक्रमितको दुईदिनको अन्तरालमा मृत्यु भएको छ । कोभिड–१९ विषेश आईशोलेशनमा उपचारको क्रममा रहेका ३ जनाको शनिबार एकजनाको आइतबार बिहान मृत्यु भएको हो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले दिएको जानकारी अनुसार आईतबार बिहान भेरी अस्पतालमा उपचार गराइरहेका कैलालीका एक ६० वर्षिय पुरुषको ज्यान गएको छ ।

टिकापुर नगरपालिका वडा नम्बर १, कैलालीका ६० वर्षिय कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आइतवार बिहान १ बजे मृत्यु भएको हो ।

उनी कात्तिक १४ गते अस्पतालको प्री आइसोलेसन वार्डमा भर्ना भएका थिए । कोरोनाको आशंकामा १४ गते कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको र १५ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण पुष्टि भए पछि अस्पतालको कोभिड–१९ वार्डमा भर्ना गरि उपचार शुरु गरिएको कोरना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

उपचारको क्रममा अक्सिजन, एन्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचार गर्दागर्दै आइतवार बिहान १ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।


यसअघि बाँकेमा शनिबार मात्रै ३ जना संक्रमितको मृत्यु भएको थियो । नेपालगन्ञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बाँकेका एक र दाङका दुई गरी ३ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

शनिबार बेलुका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझाका ६० बर्षिय एक कोरोना संक्रमित महिलाको मृत्यु भएको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बेलुका ५ः३० बजे मृत्यु भएको हो ।

शनिबार बिहानै घोराही नगरपालिका वडा नम्बर ४, दाङका ७० वर्षिय कोरोना संक्रमित एक पुरुष र बेलुका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८, दाङकै ७० वर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारकै क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको थियो । उपचारको क्रममा उनीहरुको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको जनाईएको छ ।

बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २० पुगेको छ ।

 

Next Post

बाघले आक्रमण गर्दा बर्दियामा एकको मृत्यु

१६ कार्तिक २०७७, आईतवार ०९:३७
बर्दिया : बर्दियामा पाटेबाघको आक्रमबाट एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको मृत्यु भएको हो । घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा पाटेबाघले आक्रमण गर्दा थारुको घटनास्थलमै ज्यान गएको हो । बाघले […]