फिल्ड मै पुगेर ट्राफिक सचेतनाको अभ्यास

सदरलाइन संवाददाता ७ पुष २०८०, शनिबार १५:०९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको तक्षशिला एकेडेमीका कक्षा १० मा अध्यनरत वालवालिकाहरुले ट्राफिक सचेतना सम्बन्धित प्रयोगात्मक अभ्यास फिल्ड मै पुगेर गरेका छन् ।

हेर गर र सिक भन्ने नारालाई प्राथामिकता दिएको विद्यालयले आफनो विद्यालयमा कक्षा १० मा अध्यनरत विद्यार्थीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रांगणमै पुगेर ट्राफिक सचेतना सम्वन्धित ट्राफिक संकेत, जेब्रा क्रस लगाएतका बिषयमा प्रयोगका बिधिबाट शिक्षा सिकाई गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपि कृष्ण सुबेदीले बताए ।

ट्राफिक प्रहरी सहायक निरिक्षक सन्तोष गिरिले सहजिकरण गरेको उक्त प्रयोगात्मक ट्राफिक नियम सिक र गर कार्यक्रममा कक्षा १० मा अध्यनरत विद्यार्थीहरु र शिक्षक गरि ७० जनाले सहभागिता जनाएको विद्यालयका प्रचार्य भिम बहादुर रोकायले भने ।


प्रयोगात्क सिकाईबाट बिद्यार्थीहरुमा चाँडो र प्रभावकारी सिकाई कायम रहने भन्दै विद्यालयका अध्यक्ष विष्णु प्रसाद वेल्वासेले विद्यालयले विद्यार्थीहरुलाई बढि भन्दा बढि प्रयोगात्मक अभ्यासमा जोड दिंदै आएको उल्लेख गर्दै ट्राफिक नियम विद्यार्थीहरुले सिके आफनो घर, छिमेक र समाजमा समेत सकारात्मक सन्देश जाने र ट्राफिक सचेतनामा बृद्धि भई सडक दुर्घटना न्युनिकरणमा टेवा पुग्ने वताए ।

विद्यालयले यस अघि विद्यालय हाता भित्रै ट्राफिक नियमका बारेमा सिकाउने गरेको भए पनि प्रयोगात्मक रुपमा पहिलो पल्ट फिल्डमै गएर सिक्ने वातावरण तय गरेको हो । यसका अलावा विद्यालयले वातावरण, जैविक अध्यन, पाक शिक्षा, बिभिन्न वालि नालिको अवलोकन तथा अभ्यास जास्ता अतिरिक्त क्रियाकलापको आयोजना गर्दै वालवालिकाहरुलाई देखेर, चिनेर सिक्ने वातावरण गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्लानको सहयोगमा बाँकेमा सञ्चालन भएका परियोजना सल्लाहकार बैठक सम्पन्न

७ पुष २०८०, शनिबार १५:०९
नेपालगञ्ज  : प्लान ईन्टरनेशनल नेपालले बाँकेमा सञ्चालन गरेका विभिन्न परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिद्वारा परियोजनाका बारेमा सर्वपक्षिय छलफल गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका निमित्त प्रमुख सिता कार्कीको अध्यक्षता तथा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न परियोजना सल्लाहकार समितिको बैठकमा बाँकेको आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक विकासलगायतका […]