निलसागर बृद्धाश्रमलाई खाद्यान्न सहयोग

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १६:२५
 

नेपालगञ्ज : लायन्स क्लब अफ नेपालगञ्जले निलसागर बृद्धाश्रम नेपालगञ्जलाई खाद्यान्न सहयोग गरेको छ ।

शनिवार एक कार्यक्रमका बीच बृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको हो । लायन्स क्लब अफ नेपालगञ्जका अध्यक्ष पुस्कर खड्काको अध्यक्षता एवम् लायन्स क्लब अफ नेपाल ३२५ ’एन’ का प्रथम गभर्नर मुकुट ढकालको प्रमुख आतिथ्यतामा खाद्यान्न सहयोग गरिएको हो ।


खाद्यान्न ग्रहण गर्दै निलसागर बृद्धाश्रमकी अध्यक्ष सरस्वती खनालले लायन्स क्लब अफ नेपालगञ्जलाई धन्यवाद दिइन् । बृद्धाश्रमका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठले सामाजिक सेवामा सबै तत्पर भएर लाग्नुपर्नेपमा जोड दिए ।

त्यसक्रममा लायन्स क्लब अफ नेपालगञ्जका प्रथम उपाध्यक्ष मख्खन धामी, द्वितीय उपाध्यक्ष यज्ञबहादुर बस्नेत, रिजन चेयरपर्सन रमानाथ ढकाल लगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन क्लबका सहसचिव तेजबहादुर रावलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसपटक धान उत्पादन घट्ने भन्दै बाँकेका किसान चिन्तित

१ आश्विन २०७९, शनिबार १६:२५
नेपालगञ्ज : समयमा खेती लाउन नपाएका बाँकेका किसान यसपालि धान उत्पादन घट्ने चिन्तामा छन् । बीउ, मल अभाव र सिँचाइ समस्याका कारण समयमा रोपाइँ गर्न नसकेकाले उनीहरुलाई उत्पादन घट्ने चिन्ता परेको हो । यस वर्ष विगत जस्तो धान उत्पादन नहुने चिन्ता लागेको खजुराका गेहेन्द्र धितालले बताए । यस वर्ष समयमै […]