दाङमा लागूऔषधसहित एक भारतीय पक्राउ

सदरलाइन संवाददाता ७ मंसिर २०७८, मंगलवार १२:५८
 

नेपालगञ्ज : दाङमा एक भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । लमही नगरपालिका ९ अमिलियाबाट भारतको बहाराईच तहिसल नानपारा घर भएका २८ वर्षीय नईम पक्राउ परेका हुन् ।

उनको साथबाट ४५ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङ प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।


पक्राउ परेका नाईम लागूऔषध ओसारपसार तथा विक्रि वितरण गर्दै गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले उनलाई पक्राउ गरको हो । पक्राउ परेका नईम माथि थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम उडेको विमान ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण

७ मंसिर २०७८, मंगलवार १२:५८
नेपालगञ्ज : काठमाण्डौबाट रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको विमान नेपालगञ्जमै अवतरण गरेको छ । सोमबार नेपाल वायु सेवा निगमको ट्वीनअटर विमानका पाइलटले आफ्नो ड्युटी समय सकिएको भन्दै नेपालगञ्जमै विमान अवतरण गराएका हुन् । आठ जना यात्रु लिएर काठमाण्डौबाट उडेको विमानमा पाइलट पेम्बा शेर्पा थिए । उनको ड्युटी विहान साढे ५ […]