कार्यकर्ताबाट जनप्रतिनिधि कुटीएपछि …

२२ कार्तिक २०७४, बुधबार १८:५५
 

सदरलाइनडटकम    
२२ कात्तिक, नेपालगन्ज  : नेपालगन्ज उप–महानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटीएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेबाट नेपालगन्ज उप–महानगरपालिकाको वडा ४ वडा सदस्य एवं नेपालगन्ज उप–महानगरपालिका कार्यपालिका सदस्य ईन्दिरा शाही माथि हातपात भएको छ ।
मंगलबार राप्रपा पार्टी कार्यालयमा जिल्ला सदस्य विष्णु सिंह ठकुरीले उनी माथि हातपात गरेको पीडित ईन्दीराले बताईन ।
चुनावी अभियानका लागि पार्टी कार्यालय पुगेकी ईन्दिरालाई पार्टी कार्यालयबाट निस्किएर स्कुटर स्टार्ट गर्नै लाग्दा उनीमाथि ठकुरीले एक्कासी हातपात गरेको पीडित शाहीले आरोप लगाईन । उनले भनिन–‘पार्टी कार्यालयबाट स्कुटी स्टार्ट गरेर निस्कदै थिए एक्कासी पुरानो विषय निकाल्दै विष्णुले बाटोमा निस्किएर तथानाम मुख छाडेर गालि गलौज गर्दै एक्कासी पेटमा खुट्टाले हानेकी हुन ।’
उनले विष्णु झगडा गर्ने उद्देश्यले नै आएको दाबी गर्दै भनिन–‘आफुसंगै केही गुण्डागदी गर्ने केटाहरु पनि लिएर आएकी रहिछे । उस्ले मलाई हिर्काई रहंदा त्यो केटाले मेरो दुवै हात पछाडीबाट समाती रह्यो । ईट्टाले मेरो टाउकोमा हिर्काउन खोज्दा जसो तसो मैले हातले छेकें । मेरो हातमा चोट लागेको छ । दिन डाहादै खुलेयाम बाटोमा ममाथि आक्रमण गर्नु यो उस्को सुनियोजित योजना हो ।’
घटनामा परि घाईते ईन्दिरा आफु विरुद्धको उजुरी दर्ता गराउन जाँदा वडा प्रहरीले दर्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्ता गराउन जाँदा जिल्लाले उल्टै मिल्ने भए मिल हैन भने दुवै थुनिन्छौ भन्ने दवाव दिएको गुनासो गरिन । घटनापरि घाईते भएकी ईन्दिराको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको पारिवारीक श्रोतले जनाएको छ ।
नेपालगन्ज उप–महानगरका मेयर धवल शम्शेर राणाले बिष्णु र ईन्दीराबीचको झगडा नितान्त व्यक्तिगत भनेर तर्किए उनले यो बारेमा बोल्नै चाहेनन । उनले भने–‘ यो नितान्त उनीहरुको व्यक्तिगत झगडा हो म बोल्न चाहदीन ।’ जनप्रतिनिधि समेत रहेका राणाले आफ्नै सहकर्मी एक जनप्रतिनिध आफै माहामनत्री रहेको पार्टी कार्यकर्ताले कुटपिट गर्दा न्याय दिनु भन्दा पनि नितान्त व्यक्तिगत भनेर पन्छिएका छन् ।



राणाले चाहेको भए यो घटनाको छिनोफानो घटना घट्ने बित्तिकै हुने थियो । तर नजिकींदै गरेको निर्वाचनलाई असर पुग्छ भन्ने डरले जिल्ला प्रहरी कार्यालयमा समेत मुद्या दर्ता नगर्न दवाव दिदै घटनालाई दबाउन खोजिएको आशंका गरिएको छ ।
राप्रपाको पार्टी कार्यालयमा यो पहिलो घटना भने होईन । यसअघि राप्रपाको जिल्ला महिला संगठनको अधिवेशनको समयमा जिल्लाको नेतृत्वको लागि विष्णु र ईन्दिरा प्रतिश्पर्दी रहेका थिए इन्दीराको जीत निश्चित हुने देखेर खुलेआम मतपत्र र मत पेटीका च्यातेको आरोप विष्णुमाथि छ । त्यतिबेला पनि विष्णुलाई कारवाहीको माग गर्दा महामन्त्री राणाले चुनावपछि कार्वाही गरौंला भन्ने अभिव्यक्ति दिएको पीडितका आफन्तले बताए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न विष्णुलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले पीडितको उजुरीको आधारमा प्रहरीले पीडकलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वाम गठबन्धानका उम्मेदवारको प्रचार अभियान सुरु

२२ कार्तिक २०७४, बुधबार १८:५५
सदरलाइनडटकम  २३ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा वामगठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त वामगठबन्धन निर्वाचन परिचालन कमिटी, क्षेत्र नं २ (ख) बाँकेले अभियान सुरु गरेको छ । बाम गठबन्धनलाई जिताउने उद्द्कोषका साथ संयोजक रबिन्द्र लम्सालको अध्यक्षतामा बिहीवार नेपालगन्जमा बसेको बैठकले वडा तहसम्म प्रचार […]