नेपालगञ्ज हेल्थ क्याम्पसको वार्षिकोत्सबसंगै स्वागत र विदाई

२४ फाल्गुन २०७६, शनिबार १९:१०
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज हेल्थ क्याम्पसले आफ्नो १२ औं बार्षिकोत्सबसंगै स्वागत र विदाई कार्यक्रमको आयोजना गरी मनाएको छ ।
क्याम्पसमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिनुका साथै अध्ययन सकेर आफ्नो क्यारियर निर्माण गर्न जान थालेका विद्यार्थीहरुलाई विदाई गरिएको हो ।
सो क्याम्पसका विद्यार्थी रमेश केसीको सभापतित्व एवम् प्रदेश ५ का सांसद् सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका जेहेन्दार विद्यार्थीहरु पूजा सेढाईं, राजु बस्नेत र मिना बाठालाई सम्मानसंगै पुरस्कृत गरिएको थियो ।
प्रमुख अतिथि हमालले स्वास्थ्य क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान गरि रहेको भन्दै क्याम्पसको प्रशंसा गर्दै अनुशासन र लगनशिलताले नै सफलता हासिल हुने बताए । उनले स्वास्थ्य क्षेत्र संवदेनशील भएकाले विद्यार्थीहरुलाई गम्भीर बनेर शिक्षा आर्जन गर्दै कार्यक्षेत्रमा आफ्नो दक्षता प्रस्तुत गर्दै क्याम्पसको नाम राख्ने गरी काम गर्न आग्रह गरे ।
क्याम्पसका संस्थापक एवम् संविधानसभा सदस्य मैकुलाल बाल्मिकीले साविकको मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गरिएको क्याम्पसले धेरै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको बताए । उनले दक्ष जनशक्ति उत्पादन गरेर क्याम्पसले स्वास्थ्यका क्षेत्रमा योगदान गरि रहेको दाबी गरे ।
क्याम्पस प्रमुख प्रभाकर मिश्रले निकट भविष्यमा क्याम्पस आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने जानकारी दिँदै सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग र कानुन विषयको अध्यापन गराउने लक्ष्य रहेको बताए ।
उनले सिटिइभिटी फार्मेसी प्रथम बर्षको हालै प्रकाशित परिक्षाफलमा यो क्याम्पस मुलुकमै दोस्रो भएको जानकारी दिए । विद्यार्थी विन्दु शाही ठकुरीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
नेपालगञ्ज हेल्थ क्याम्पसमा ३ बर्षे ल्याब टेक्निसियन, ३ बर्षे फार्मेसी इन डिप्लोमा र १८ महिने ल्याब असिस्टेन्टको पढाई हुँदै आएको छ । ल्याब टेक्निसियनतर्फ हालसम्म १ सय २, डिप्लोमा इन फार्मेसीतर्फ ८ जना र ल्याब असिस्टेन्टतर्फ ८५ जना विद्यार्थी उत्तीर्ण हुँदै आफ्नो दक्षताका साथ कार्यक्षेत्रमा सक्रिय छन् । फोटो  :  बागेश्वरीपोष्ट

Next Post

नेकपा नेपालगञ्ज–६ को सपथ ग्रहण

२४ फाल्गुन २०७६, शनिबार १९:१०
सदरलाइनडटकम, नेपालगञ्ज  :  तत्कालिन एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको लामो समय बितिसक्दा पनि पार्टी एकताको कार्य ग्रसरुट तहसम्म अझै जारी छ । यसैक्रममा शनिबार नेपालगञ्ज उपमहानगरपालिका वडा न. ६ मा नेकपाका पदाधिकारीहरुले सपथ ग्रहण गरेका छन् । हडियाबाबा मन्दीर परिसरमा एक कार्यक्रमको आयोजना गरेर हिरा बहादुर बुढाको नेतृत्वमा ३५ […]

ताजा अपडेट