बाँकेमा सोमवार ३८ जना डिस्चार्ज

सदरलाइन संवाददाता २६ आश्विन २०७७, सोमबार ०८:२८
 

नेपालगञ्ज : बाँकेबाट सोमवार थप ३८ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमवार नेपालगञ्ज १२ का ९ महिने बालिकासहित १३ महिला र २५ पुरुष गरी ३८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

उनिहरुलाई असोज १२ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ४७ पुगेको छ ।


विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका २१ सहित ५ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५ रहेको छ भने २६ जनाको मृत्यु भईसकेको छ ।

Next Post

बालविवाह नियन्त्रण गर्न नेपालगञ्जमा कार्यशाला

२६ आश्विन २०७७, सोमबार ०८:२८
नेपालगञ्ज : बालविवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगञ्जमा दुई दिने कार्यशाला सञ्चालन गरिएको छ । बाँकेलाई बालविवाहमुक्त बनाउन सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालले पत्रकारका लागि सोमवार र मंगलवार कार्यशाला सञ्चालन गरेको हो । जिल्लामा बालविवाह रोकथाम परियोजनाअन्तर्गत बाँकेमा बालविवाह न्युनिकरणको कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाका रेडियो […]