सदरलाइनडटकम,
गुल्मी : प्रहरीले गुल्मी र प्युठानको सिमानाबाट २७ किलो चरेश सहित एकजनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
नेपाल प्रहरीको प्रदेश नं. ५ व्यूरोको प्रहरी निरिक्षक प्रमोद क्षेत्रीको कमाण्डमा रहेको टोलीले बुधबार विहान ७ बजे गुल्मी मदाने–१ बट ३३ वर्षिय बालाराम पुनलाई सो चरेश सहित नियन्त्रणमा लिएको हो ।
अबैध चरेश सहित पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय गुल्मीको जिम्मा लगाईएको छ ।
