नेपालगञ्जमा मेयरकप क्रिकेट शुक्रबारबाट सुरु हुँदै

सदरलाइन संवाददाता २० फाल्गुन २०७७, बिहीबार १९:०८
 


नेपालगञ्ज :  नेपालगञ्जमा शुक्रबारदेखि ‘अन्तर मावि मेयरकप छात्र क्रिकेट प्रतियोगिता र उपमेयरकप छात्रा क्रिकेट प्रतियोगिता’ हुने भएको छ । नेपालगञ्ज उप–महानगरको सहयोग र बाँके जिल्ला क्रिकेट संघको आयोजनामा २१ गतेदेखि ‘अन्तर मावि मेयरकप छात्र क्रिकेट प्रतियोगिता र उपमेयरकप छात्रा क्रिकेट प्रतियोगिता’ हुने भएको हो ।

सो प्रतियोगितामा २० वटा विद्यालयले छात्र क्रिकेटमा सहभागिता जनाएका छन् भने ४ वटा विद्यालय छात्रा क्रिकेटमा सहभागि भएको आयोजकले जनाएको छ । सो प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्सेर राणाले गर्ने बताईएको छ ।


फागुन २९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोश्रो हुनेलाई २० हजार र उत्कृष्ट व्याट्सम्यानलाई ३ हजार, उत्कृष्ट बलरलाई ३ हजार, उत्कृष्ट उदयीमान खेलाडीलाई ३ हजार, म्यानअफ दि सिरिजलाई ५ हजार र म्यानअफ दि म्याचलाई ५ सय रुपैया पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

Next Post

प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चबाट सम्बोधन गर्दै

२० फाल्गुन २०७७, बिहीबार १९:०८
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ’विप्लव’ले शुक्रवार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्दै छन् । शुक्रवार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा सरकार र विप्लव समूहबीच हिजो भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक […]