नगरवासीको विश्वास जित्न स्वास्थ्यकर्मीलाई नगर प्रमुख विष्टको आग्रह

सदरलाइन संवाददाता २० भाद्र २०७९, सोमबार १३:४२
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आम नागरबासीले बिश्वास जित्ने गरी सेवा सुविधा उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा सोमबारदेखि शुरु भएको स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै नगर प्रमुख विष्टले एकवर्षभित्रमा देखिने गरी सरकारी स्वास्थ्य संस्थाहरुमा सुधार हुनुपर्ने वताए ।


सरकारी स्वास्थ्य संस्थाहरुको सेवा सुविधा आम नगरबासीको बिश्वास जित्ने गरी सुधार र विस्तार गर्नु पर्ने भन्दै विष्टले स्वास्थ्य र शिक्षालाई आफुले प्राथमिकता दिएको वताए ।

स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख सुनीता पौडेलले नगर क्षेत्रििभत्र स्वास्थ्य सूचक सुधारमा ध्यान दिन आग्रह गरिन् ।

नगर स्वास्थ्य महाशाखा प्रमुख रामवहादुर चन्दले गत आवको समीक्षा गर्दै राम्रो काम चालु आवमा अनुशरण गर्ने र त्रुटीहरु सुधार गरेर अघि बढ्न समीा गोष्ठी फलदायी हुने वताए । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत २३ वटा स्वास्थ्य संस्था रहेका छन् । गोष्ठीमा उत्कृष्ट स्वास्थ्य संस्थालाई पुरस्कृत समेत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

केही सिटमा नेकपा एमालेसंग तालमेल हुन्छ : लिङ्देन

२० भाद्र २०७९, सोमबार १३:४२
नेपालगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसंग पनि गठबन्धन गरेर नजाने बताएका छन् । राप्रपा बाँकेले आज विहान नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकता अनुसार जिल्ला तहमा अन्य दलसंग तालमेल गरेर जाने नीति लिएको स्पष्ट पार्दै आधारभूतरुपमा गठबन्धन भने नगरिने बताए […]