बाँकेका कराते प्रशिक्षक दिपक गोसाईको निधन

सदरलाइन संवाददाता १९ पुष २०७८, सोमबार १३:४२
 

नेपालगञ्ज : बाँकेका कराते प्रशिक्षक दिपक गोसाईको निधन भएको छ । लामो समयदेखि कलेजो रोगबाट पीडित गोसाईको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको उनका भाई प्रकाश गोसाईले जानकारी दिए ।

४७ वर्षीय गोसाई गएको भदौ महिनाबाट कलेजो समस्याले थप सिकिस्त बन्दै गएका थिए । करातेमा उनले नेपालबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्दै आएका थिए । उनको सोमवार अन्त्येष्टि गरिएको छ ।


उनका श्रीमती र दुई छोरा छन् । कराते प्रशिक्षक गोसाईको निधनले बाँकेको खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको खेलकर्मीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माओवादी नेता अतहर हुसैन फारुकीद्वारा राजिनामा

१९ पुष २०७८, सोमबार १३:४२
नेपालगञ्ज  : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको हालै सम्पन्न भएको आठौँ महाधिवेशनमा पार्टीको केन्द्रिय सदस्य समितिमा मुस्लिम समुदायलाई पार्टीको विधान बमोजिम समावेश नगराइएको भन्दै मुस्लिम मुक्ति मोर्चाको संयोजक अतहर फारूकीले राजीनामा दिएका छन । उनले आफ्नो राजिनामा पत्रमा पार्टीले मुस्लिम समुदायलाई उपेक्षा गरेको आरोप लगाउदै विधानले तोकेको सदस्य संख्या अनुसार […]