भारतबाट फर्किनेलाई लक्षित गरी जमुनाहमा ‘हल्टेज स्पेस’ स्थापनासँगै तयारी खाना र मनोसामाजिक विमर्श सुरु

२२ जेष्ठ २०७७, बिहीबार २३:३४
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमण कहरको कारण आव्हान गरिएको लकडाउनको प्रभाव सीमा क्षेत्रमा परेको छ । भारतका विभिन्न ठाँउबाट नेपाल फर्किनेहरुलाई लक्षित गरी नेपालगञ्जको जमुनाह नाकामा हल्टेज स्पेसको स्थापना गरी सुरक्षा सर्तकता, मनोसामाजिक विमर्श तथा तयारी खाना वितरण गरी सम्बन्धित गन्तब्यमा पठाउन सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्रत्यक्ष संलग्नतामा भारतबाट नेपाल आउने नेपालीहरुलाई सो हल्टेज स्पेसमा पुराई उनीहरुको नाम ठेगाना र जाने गन्तब्यको बारेमा सुरक्षा निकायले तथ्याङ्क राख्ने साथै नेपालगञ्ज उपमहानगरपालिका, प्लान नेपाल, बाँके युनेस्को क्लवको समन्वय र सहकार्यमा उनीहरुलाई तयारी खाना संगै मनोसामाजिक विमर्श गरी गन्तब्यमा पठाउने गरिएको हो ।

प्लान नेपालको आर्थिक सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा खाना वितरण शुरु गरिएको छ । यस कार्यमा बाँके युनेस्को क्लवले कार्य क्षेत्रमा खटेको छ । भने उनीहरुलाई साथी संस्थाले कोबिड–१९ को बारेमा मनोसामाजिक विमर्श दिने गरेको छ ।


भारतबाट आउने नेपालीहरु लकडाउनका कारण उनीहरुलाई भोकभोकै यात्रा गर्न नपरोस् भन्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको समन्वयमा प्रत्यक यात्रुलाई दुई पाकेट बिस्कुट, दुई सय ग्राम नमकिन, एउटा फलफूल, एक मिठाई, एक बोतल पानी, एउटा सर्जिकल माक्स र एउटा साबुन वितरण सुरु गरेको संस्थाका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए । उनीहरुलाई बाटोमा खानेपानी अभाव नहुनको लागि प्रत्यक गाडिमा २ जार पानी समेत पठाईएको छ । पानीको जार गन्तब्यको क्वारेन्टाईनमा बुझाउनु पर्ने छ ।

उनले दिएको जानकारी अनुसार पहिलो दिन जमुनाह नाका भएर नेपाल आएका ९सय ६ जनाले सो सेवा लिएका छन् । विभिन्न जिल्लाका उनीहरुलाई सीमा नाका जमुनाहामा तयारी खाना वितरण गर्ने कार्यको शुभारम्भ प्रदेशसभा सभासद कृष्ण केसी नमूना, नेपालगञ्ज उपमहानगरका मेयर डा. धवल शम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांग, नेपाली सेनाका प्रमुख सेनानी नहकुल थापा र बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीलगायतले संयुक्त रुपमा गरेका थिए ।

प्लान नेपालका नेपालगञ्ज प्रमुख मीना पराजुलीले भारतबाट आउने नेपालीहरुले खानसमेत नपाएको गुनासो आएपछि आफुहरुले तयारी खाना र पानीको व्यवस्था गरेको बताइन् । करीब ३५ हजारलाई तयारी खाना र पानी उपलब्ध गराइने उनको भनाई छ । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Next Post

विउविजन सहज उपलव्धताको पहल

२२ जेष्ठ २०७७, बिहीबार २३:३४
सदरलाइनडटकम, नेपालगञ्ज : खेतीको मौसम शुरु हुनै लाग्दा पनि मलखाद, विउविजनको सहज उपलव्धता नभएपछि सम्वाद समूह बाँकेले सरोकारवालासँग आवश्यक सहजीकरण शुरु गरेको छ । बढ्दो कोरोना संक्रमण, लगातारको लकडाउनका कारण उत्पन्न कृषि समस्या र उत्पादनमा पर्न सक्ने प्रभावलाई दृष्टिगत गर्दै समूहले बाँकेस्थित कृषिसँग सम्वद्ध निकाय र जिम्मेवार अधिकारीको ध्यानाकषर्णसहित उचित […]