जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

सदरलाइन संवाददाता १७ भाद्र २०७९, शुक्रबार १३:५९
 

जुम्ला : जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ । चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।

केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालिको टोली फर्किएको छ । आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरेको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए ।

धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्त्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिकाभित्र पर्छन् ।


धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायतले बताए ।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोड रुपैयाँको लागतमा उद्यान निर्माणको काम भइरहेको छ । दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके २ बाट जसपाका मन्त्री राईको एकल नाम सिफारिस

१७ भाद्र २०७९, शुक्रबार १३:५९
नेपालगञ्ज : आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि जनता समाजवादी पार्टी(जसपा)ले बाँके क्षेत्र नम्बर २ बाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईको एकल नाम सिफारिस गरेको छ । २०७४ सालको निर्वाचनमा पनि राई सोही क्षेत्रबाट प्रतिनिधी सभामा निर्वाचित भएका थिए । यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर […]