सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रेस जगतलाई नियन्त्रण गर्ने सोँच राख्न नहुने बताएका छन । नेपालगञ्जमा मंगलवार पत्रकारसँग कुरा गर्दै उनले प्रेस जगतका जायज मागहरु सुन्नुपर्ने बताए ।
प्रेस जगतले आलोचनात्मक र रचनात्मक भूमिका निर्वाह गर्न पाउनु पर्छ भन्दै बरिष्ठ नेता नेपालले अंकुश लगाएर, रोकेर, तर्साएर समस्याको समाधान नहुने टिप्पणी गरे । उनले कसैले पनि आफ्नो पुजा स्तुति गरेन भनेर मुल्यांकन नहुने बताए ।
पार्टीको समायोजना अन्तिमचरणमा पुगेको भन्दै अब पार्टी कामले गति लिने बिश्वास ब्यक्त व्यक्त गर्दै उनले नेता नेपालले नयाँ बजेटपछि मुलुक समृद्धिको यात्रामा अघि बढ्ने जिकिर गरे ।
