संघीय सरकारको बजेट आउँदै

१५ जेष्ठ २०७५, मंगलवार १४:०४
 


सदरलाइनडटकम
१५ जेठ, नेपालगन्ज :  ईतिहाइ मत रहेको वामपन्थी सरकारको पहिलो बजेट आज (मंगलबार) सार्वजनिक हु“दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ४ बजे संसद्मा बजेट पेस गर्दै छन् ।
सरकारसँगै योजना आयोग गठनमा भएको ढिलाइका कारण आगामी आवको बजेट निर्माणको काम ढिला गरी थालिएको थियो । सोमबार रातिसम्म बजेटले पूर्ण आकार नलिएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. रामशरण खरेलले बताए । ‘बजेटको अन्तिम आकार दिँदा मंगलबार बिहान ७ बज्छ होला । त्यसपछि बजेट पुस्तिका छाप्नका लागि प्रेसमा जान्छ’, उनले भने ।
ठूला आयोजनालाई संघीय सरकारमा राखेर विशेष बजेटको व्यवस्था गरिएको यस पटकको बजेटले साना आयोजना प्रदेश र स्थानीय सरकार मातहतमा लैजाने सोच अघि सारेको छ। ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारालाई केन्द्रमा राखेर बनाइएको बजेटमा वाम गठबन्धनको चुनावी घोषणा र वामदेव गौतम कार्यदलले दिएको प्रतिवेदनलाई आधार बनाइएको छ।


स्रोत ः अन्नपुर्ण अनलाईन

Next Post

गणतन्त्र दिवसमा लोकप्रियको रक्तदान

१५ जेष्ठ २०७५, मंगलवार १४:०४
सदरलाइनडटकम १५ जेठ, नेपालगन्ज : नेपालगन्जबाट प्रकाशित हुँदै आएको लोकप्रिय सन्देश दैनिकले आफ्नो वार्षिक उत्सव र गण्डतन्त्र दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । वार्षिक उत्सवसंगै गणतन्त्र दिवसको अवसर पारेर समृद्धिका पाईला बाँकेको सहकार्यमा बृहद रक्तदान कार्यक्रम आयोजना गरिएको सो दैनिकका सम्पादक प्रकाशक गोविन्द शर्माले जानकारी दिए । […]