खजुरा क्वारेनटाइनमा बस्ने घट्दै

७ बैशाख २०७७, आईतवार १७:२६
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. १ राधापुरस्थित मैटहवा माविमा सञ्चालित क्वारेनटाइनमा हाल ७ जना मात्र रहेका छन् । उक्त क्वारेनटाइनको व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष देविलाल खनालका अनुसार ६२ जना क्वारेनटाइनमा आएकोमा अवधी पूरा गरेर स्वास्थ्य जाँचपछि क्वारेनटाइनमा बसेको प्रमाणपत्र लिएर ५५ जना घर फर्किएका छन् ।
खजुरा गाउँपालिका कार्यपालिका सदस्य फत्तेकुमारी जैसी, वडा नं. १ का जनप्रतिनिधि, नेकपा युवा नेता शालिकराम खड्का, मुमबहादुर ओलीलगायतका युवाहरु क्वारेनटाइनको व्यवस्थापनका लागि खटेको खजुरा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खनालले जानकारी दिए ।
वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेको मैटहवा माविको क्वारेनटाइनमा वाइफाई सहित सुविधा सम्पन्न रहेको खजुरा गाउाँलिका राजनीतिक सल्लाहकार भीम ओलीले बताए ।

Next Post

कोरोनाका विरामी युवक निको भएर डिस्चार्ज

७ बैशाख २०७७, आईतवार १७:२६
सदरलाइनडटकम, कैलाली : कैलालीको लम्कीका २१ वर्षीय कोरोना संक्रमित युवक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी १६ दिनअघि सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । उनको आइतवार अपराह्न डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते पिसिआरबाट कोरोना संक्रमणको पुष्टि भएको थियो […]

सम्बन्धित