सरकारलाई दिएको समर्थन फिर्ता लिने महतोको भनाई

१० आश्विन २०७५, बुधबार १५:२५
 
sdr

सदरलाइनडटकम,
पर्सा : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम घडी आइसकेको बताएका छन् । राजपा पर्साले बुधवार वीरगञ्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता उनले सरकारलाई दिएको समर्थन छोड्न व्यापक दबाब आउन थालेको बताए ।
उनले आफ्नै समर्थनमा रहेको सरकारको कडा आलोचना गरे । टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा राज्यले हेरिरहेको रेशम चौधरीलाई निर्वाचन जितेपछि प्रमाण पत्र नदिएको र शपथग्रहण नगराएको भनी सरकारसँग रुष्ट हुँदै कडा अभिव्यक्ति दिन थालेका महतोले संसददेखि सडकसम्म जाने अवस्था बन्दै गएको जिकिर गरे ।
मधेसमा बन्न लागेको निजगढ अन्तर्राष्ट्रीय एयरपोर्ट नबनाउने नियतले जंगलको विनास गरी पर्यावरणमा आँच पुग्ने विवाद खडा गरिएको भन्दै उनले २ नम्बर प्रदेशमा अन्तर्राष्ट्रीय राष्ट्रिय एयरपोर्ट नबनाउने षड्यन्त्र भईरहेको आरोप लगाए ।

Next Post

पञ्चायतकालीन ऐन संशोधन गर्न प्रचण्डको आग्रह

१० आश्विन २०७५, बुधबार १५:२५
सदरलाइनडटकम, काठमाण्डौ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् । उनले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । बुधवार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा […]

सम्बन्धित