सुर्खेतरोडका करिव चारसय उपभोक्ताको घरमा ४ वर्षदेखि खानेपानी सेवा अवरुद्ध

२८ चैत्र २०७३, सोमबार १६:४२
 

सदरलाइनडटकम  
२८ चैत, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोड निर्माणका कारण करिव चारसय खानेपानीका उपभोक्ता कहाँ विगत ४ वर्षदेखि खानेपानी पुग्न सकेको छैन । एशियाली विकास बैंकको आर्थिक सहयोगमा नेपालगन्ज–कोहलपुर फोरलेन सडक निर्माणकाका कारण नेपालगन्जको ट्राफिक चोकदेखि अञ्चल प्रहरी कार्यालय भेरीसम्मका खानेपानीका उपभोक्ताले विगत ४ वर्षदेखि खानेपानी पाउन सकेका छैनन् ।
खानेपानी संस्थान नेपालगन्जका कार्यालय प्रमुख आशिस कार्कीले नेपालगन्ज–कोहलपुरको फोरलेन सडक निर्माणको कारण नेपालगन्जका ३ सय ८१ ग्राहकको घरमा पानी पु¥याउन नसकिएको बताए । उनले भने–‘खानेपानीको पाईप सडक निर्माणको जिम्मा लिएको तत्कालिन ठेकेदार कम्पनी पप्पु कन्सट्रक्सनले खानेपानीको कनेक्सन नगरिदिएको कारण ३ सय ८१ ग्राहकको घरमा पानी पुग्न सकेको छैन ।’ बाटो निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेपछि सडक डिभिजन कार्यालय नेपालगन्जले सो काम गर्नु पर्ने भएपनि बजेट अभावको कारण देखाउदै अल्झाउदै आएको छ ।
खानेपानी संस्थानलाई सुर्खेतरोडमा खानेपानीको सप्लाई दिन नसकेको कारण मासिक ३ लाख संस्थानलाई घाटा भएको बताए । उनले भने–‘सुर्खेतरोडमा बसोबास गर्दै आएका उपभोक्ताको तर्फबाट हालिएको रिटमा विपक्षिले तत्काल धारा सुचारु गर्नु भन्ने आदेश आएकोले त्यसको लागि रकमको जोहो गरिदै छ ।’ पुरनो खानेपानीको पाईप बीच सडकमा भएको कारणले पाईप फुटेर सडकमै धराप हुँदापनि सडकले मर्मतको लागि स्वीकृति नदिदा जिल्ला शिक्षा कार्यालय अगाडि ठूलो धराप नै बनेको छ ।
‘खानेपानीको सेवा नपाए पनि ३ सय ८१ ग्राहकले नियमित न्यूनतम शुल्क तिर्दै आउनु भएको छ’–उनले भने–‘पुरानो पाईप लाईनदेखि नयाँ लाईनसम्म जडान गरि दिनु पर्नेमा सो नगरेको कारण ग्राहकले अनाहकका पानी नपाउने र अर्कोतिर संस्थानले मासिक घाटा व्यहोेर्नु पर्ने अवस्था आएको छ ।’
उनले सडक निर्माण गर्दै गरेको ठेकेदार कम्पनीलाई २०७१ पुस २४ गते पुरानो पाईपलाईनबाट नयाँ पाईपलाईनमा कनेक्सन गरि दिनको लागि पत्राचार गरेको भए पनि ठेकेदार कम्पनीबाट कुनै जवाफ नआएको जानकारी दिदै भने–‘लिखित जवाफ आएको छैन मौखिक गरिदिन्छु गरिदिन्छु भन्नुहुन्छ तर, अहिलेसम्म केही गर्नु भएन अदालतमा रिट प¥यो अदालतले विपक्षिले ततकाल बनाउनु भनि आदेश दियो तर, बजेट अभावको कारण हुन सकेको छैन ।’
राजधानीसंग कुरा गर्दै संस्थानका कार्यालय प्रमुख कार्कीले अदालतको फैसला अनुसार सडकले आवश्यक बजेट उपलब्ध गराए पुरानो खानेपानीको पाईपबाट संस्थानले नयाँ पाईपलाईनमा जोडेर पानी सुचारु गर्ने योजनामा रहेको बताए । उनले सडकले जडानको साथै मर्मतको लागि सडक खन्नको लागि समेत समयमा स्वीकृति नदिदा कठिन भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुल्ने

२८ चैत्र २०७३, सोमबार १६:४२
२९ चैत , काठमाडौँ : सरकारले ७४४ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय खोल्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ । सरकारले नयाँ प्रावधानअनुसार स्थानीय तहको संरचना खडा गरेको र आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनसमेत हुन लागेको सन्दर्भमा नागरिकलाई वित्तीय सेवाको पहुँच दिनका लागि त्यस्ता शाखा […]