तीजको अघिल्लो दिन सोमवार दर खाईंदै

सदरलाइन संवाददाता १३ भाद्र २०७९, सोमबार १४:०६
 

नेपालगञ्ज : सोमवार हरितालिका तीजको अघिल्लो दिन । सोमवार बेलुका घरघरमा दर खाने चलन छ । दरखाने दिनसँगै चार दिने तीज पर्व शुरु भएको छ ।

आजको दिन माइतीले चेलबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ ।

तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले सोमवार व्रतालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाइ मंगलवारको व्रतका लागि पूर्व तयारी गर्छन् । महिलाहरुले तीजमा वर्षदिनभर आफूलाई परेका दुःख, पिर, मर्कालाई पोख्ने गरेका छन् ।

गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरुले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गइ बस्दा पाएका दुःख, पिर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।


पछिल्ला वर्षहरुमा तीजका नाममा तडकभडक बढेको छ । एक महिना अघिदेखि दर खाने, गरगहना एवम् पोसाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवम् समाजशास्त्रीहरुले जोड दिएका छन् ।

सोमवार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । मंगलवार तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन पर्सि गणेश भगवानको पूजा र पञ्चमीका दिन १६ गते स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरुवा बन्दुकसहित दाङमा एक जना पक्राउ

१३ भाद्र २०७९, सोमबार १४:०६
दाङ : भरुवा बन्दुकसहित प्रहरीले दाङमा एक जनालाई पक्राउ गरेको छ । राजपुर गाउँपालिका–१ कटवेरुवा निवासी ४२ वर्षीय रामबहादुर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए । चौधरीलाई गढवा गाउँपालिका–७ स्थित ज्योति सामुदायिक वन सिकार खेल्न गएका छन् भन्ने सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले बताएको […]