आड्रा नेपालद्वारा भिटिएमलगायतका स्वास्थ्य सामाग्री सहयोग

सदरलाइन संवाददाता १२ भाद्र २०७७, शुक्रबार १८:०६
 


नेपालगञ्ज : आड्रा नेपालले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र माफर्त स्वास्थ्य कार्यालय बाँकेलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोभिड–१९ को महामारीमा अग्रपङ्गतीमा खट्ने स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा जनप्रतिनिधिको सुरक्षालाई ध्यानमा राखेर स्वास्थ्य सामाग्री सहयोग गरि रहेको अवस्थामा आड्रा नेपालले समुदायस्तरमा कोभिड–१९ को जाँचको लागि सहयोग पुराउन सो सहयोग उपलब्ध गराईएको हो ।

आड्रा नेपालको परियोजना अधिकृत यमराज खड्काले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र माफर्त स्वास्थ्य कार्यालय बाँकेलाई भिटिएम १००, डिजिटल थर्मामिटर २००, हेण्ड सेनिटाईजर ५ सय एमएलको १५, डिसईन्फेक्टीभ सोलुसन ४ जार उपलब्ध गराएको बताए ।


उनले आ«डा नेपालले यस अघि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र भेरी अस्पताललाई पिपिई, सेनिटाईजर, मास्कलगायतका स्वास्थ्य उपकरण उपलब्ध गराउनुको साथै सेम्पकल कलेक्सनमा खट्ने जनशक्तिका लागि सेम्पल कलेक्सन सम्बन्धित तालिम दिएको जानकारी दिए ।

सो सामान हस्तान्त्रण कार्यक्रममा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको उपस्थितिमा स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठलाई हस्तान्त्रण गरेका हुन । सो अवसरमा आड्रा नेपालका पष्रियोजना प्रमुख तर्कबहादुर थापालगायतको उपस्थिति रहेको थियो ।

Next Post

कोभिड–१९ रोकथाममा नेपालगञ्जको ४ करोड खर्च

१२ भाद्र २०७७, शुक्रबार १८:०६
नेपालगञ्ज : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम र राहत वितरणमा भएको खर्चको विवरण नेपालगञ्ज उपमहानगरपालिकाले सार्वजनिक गरेको छ । प्रकोप व्यवस्थापन कोषमा १ करोड ७१ लाख ७८ हजार १ सय ४६ रुपैयाँ आम्दानी भएकोमा १ करोड ५२ लाख १३ हजार ५ सय २० रुपैयाँ खर्च भएको उपमेयर उमा थापा […]