टीकापुर घटनाको सात वर्ष पुरा

सदरलाइन संवाददाता ७ भाद्र २०७९, मंगलवार १३:४७
 

नेपालगञ्ज : थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा एसएसपी लक्ष्मण न्यौपानेसहितका ७ जना प्रहरी र एक नाबालकको मृत्यु भएको मंगलवार सात वर्ष पूरा भएको छ ।

२०७२ साल भदौ ७ गतेका दिन भएको सो घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले जन्म कैदको सजाय भोगिरहेका छन् । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले यस दिनलाई ‘विद्रोह दिवस’का रुपमा मनाएको छ । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जेलबन्दीका परिवारलाई सहयोग गरेर विद्रोह दिवसका रुपमा मनाइएको जानकारी दिइन् ।


घटनाको करिब साढे ३ वर्षपछि २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतले रेशम चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला गरेको थियो । टीकापुर घटनालाई थरुहट/थारुवान संयुक्त मोर्चाले भने ‘कालो दिन’ का रुपमा स्मरण गर्दै कार्यक्रम गरेको छ ।

थारु समुदायको अधिकार र रेशम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको बताउँदै उनले थरुहट/थारुवान संयुक्त मोर्चा, थारु कल्याणकारीसभा र थारु विद्यार्थी समाजको संयुक्त आयोजनामा विरोध सभा आयोजना गरिएको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाम कारागारमा एक कैदीको मृत्यु

७ भाद्र २०७९, मंगलवार १३:४७
नेपालगञ्ज : जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका–५ का बेदराज भाट उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टले जानकारी दिए । भदौ २ मा कारागार चलान भएका ३५ वर्षीय […]