कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयको अवरोध

सदरलाइन संवाददाता १३ भाद्र २०७९, सोमबार १३:३१
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा अतिक्रमित संरचना हटाउँदा स्थानीयले अवरोध गरेका छन् । मेयर पूर्ण प्रसाद आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन डोजरसहित पुगेको टोलीलाई स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको २÷४ वटा टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको हो ।


मेयर आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले अतिक्रमित संरचना हटाइरहेको अवस्थामा स्थानीयले विरोध जनाएपछि अहिले स्थगित भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडबाट हालसम्म बाँकेका ३ सय ५३ जनाको निधन

१३ भाद्र २०७९, सोमबार १३:३१
नेपालगञ्ज : बाँकेमा सोमवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७ जनाको नमूना परीक्षण गर्दा २ जना र जमुनाहा हेल्थ डेस्कमा २ गरी ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये १ […]