थारु समुदायले आइतवार धुमधामसँग अट्वारी पर्व मनाउँदै

सदरलाइन संवाददाता १२ भाद्र २०७९, आईतवार १४:२१
 

नेपालगञ्ज : पश्चिम नेपालको तराई र भित्रि मधेसका थारुले अट्वारी पर्व धुमधामसँग मनाउँछन् । दाजु र बहिनी, भाई र दिदिको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाईले विवाहित दिदिबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्य जस्तै मानिन्छ ।

पश्चिम नेपालका थारुले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । थारु जाती ‘माघी’ र दसैँ पछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारु समुदायले दुई दिनसम मनाउँछन् ।

हरितालिका तीजको अघिपछि पर्ने आइतवार मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो । पश्चिम नेपालका भित्रि मधेस र तराईका दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर तथा सुर्खेत जिल्लाका थारु जातीले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्स¥या’ भन्दछन् । पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।

‘अट्वारी’ मनाउने चलन थारु जाती संगठित भई बस्न थालेदेखि नै सुरु भएको मानिन्छ । यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ । पाँच पाण्डव र द्रोपती सुर्खेतको काँक्रेविहार घुम्न गएको बेला दाङ्कका थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खवर सुन्ने वित्तिकै तावामा पकाउन राखेको रोटी छोडेर भीम (भ्यावाँ) दंगीशरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किवदन्ती छ ।


त्यसैले भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा एकतर्फ मात्र पकाएको रोटीले भीमको पूजा गरिन्छ । यहि मान्यतालाई विश्वास गरि थारु समुदायले भीम जस्तो बलियो हुन पाउँ भनि ‘अट्वारी’ पर्व मनाउन थालेको थारु संस्कृतिका अन्वेषक अशोक चौधरी बताउँछन् ।

थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला भीमको सहयोगमा आइतवारका दिन विजय प्राप्त गरेको मान्यता अनुसार थारु समुदायले भीमका नाममा आइतवारका दिन ‘अट्वारी’ पर्व मनाउन थालेको उनले बताए । ‘काममा सधैँ ब्यस्त रहने थारु समुदायका पुरुषहरु भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा ब्रत बस्ने र पूजा गर्ने चलन चलेको हुनु पर्छ,’ उनले भने ।

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्स¥या’ भन्दछन् । ब्रत बस्ने पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् । यो आगो मुखले फुक्न मिल्दैन ।

मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाका ५ संक्रमित थपिए, १६ जना डिस्चार्ज

१२ भाद्र २०७९, आईतवार १४:२१
नेपालगञ्ज : बाँकेमा आइतवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ८ जनाको नमूना परीक्षण गर्दा १ जना, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १ जना र राप्तीसोनारी गाउँपालिकामा ३ गरी ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए […]