विरुवा रोपेर भु–क्षय जोगाउनु पर्छ : मन्त्री हमाल

सदरलाइन संवाददाता ६ कार्तिक २०७८, शनिबार १४:४७
 

नेपालगञ्ज : लुम्बिनी प्रदेशका बन, वातावरण तथा भु–संरक्षण मन्त्री सुरेन्द्र बहादुर हमालले सुख्खा ठाउँमा विरुवा रोपेर भु–क्षयलाई जोगाउने बताएका छन् ।

प्रेस युनियन बाँकेले शनिवार नेपालगञ्जमा गरेको बधाइ तथा भेटघाट कार्यक्रमा उनले वन जंगलको संरक्षणमा जोड दिए । पत्रकारहरुले समस्या र समाधानको बाटो आफुलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री हमालले आफु सोही अनुसार अघि बढने प्रतिबद्धता जनाए ।


वन जंगलको अवैध फडानी रोक्न आफुले पहल गर्ने भन्दै उनले यसमा सबैको सहयोग आवश्यक रहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेवारिसे बम विस्फोट हुँदा सुर्खेतमा दुईजना घाइते

६ कार्तिक २०७८, शनिबार १४:४७
सुर्खेत : सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन् । घाइते हुनेहरूमा दैलेखको गुराँस गाउँपालिका–६ जहरेका २१ वर्षीया लीला नेपाली र उनका १४ वर्षीय भाइ […]