छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, ६ घाइते

१ पुष २०७५, आईतवार १६:३५
 

सदरलाइनडटकम,
दाङ : छुट्टाछुट्टै दुर्घटनामा परी दाङमा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नम्बर नखुलेको गाडीले आइतवार राति तुलसीपुरमा ठक्कर दिँदा बबई गाउँपालिका–७ डाँडागाउँका करिब ५८ वर्षीय नेत्रबहादुर बुढाथोकी मृत्यु भएको प्रहरीले जनाएको छ ।
तुलसीपुर–८ दुधेनाको कृष्ण मन्दिर राति सवा नौ बजेतिर गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको पहिचान हुन सकेको छैन । गाडीको खोजीकार्य भइरहेको डिएसपी प्रेमबहादुर शाहीले बताए ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका–७, कालाखोलामा आइतवार राति रा १ त २७१२ नम्बरको ट्रयाक्टर पल्टिँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–७ का चालक २६ वर्षीय अमृत थकाली र सहचालक धादिङका ३० वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
यस्तै, लमही–३ वनगाउँ नजिकै बस र स्कारपिओ ठोकिँदा चार जना घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको ना ५ ख १६८२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा १४ च ७०१५ नम्बर को स्कारर्पयो ठोकिँदा स्कार्पियोमा सवार लमहीका १८ वर्षीय पिरीतास चौधरी, १८ वर्षीया प्रिंयका चौधरी, २१ वर्षीय दिपक चौधरी र २५ वर्षीय अमित चौधरी घाइते भएका छन् ।
घाइतेमध्ये अमित चौधरी र प्रिंयका चौधरी उपचारपछि डिस्चार्ज भइसकेका छन्। अन्य दुई जना घाइतेको कोहलपुरमा उपचार भइरहेको छ ।

Next Post

करेन्ट लागेर सुरक्षा गार्डको मृत्यु

१ पुष २०७५, आईतवार १६:३५
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चपुरको बेदकोट नगरपालिकाको लालपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको सव स्टेशनमा सुरक्षा गार्डका रुपमा कार्यरत अन्दाजी ४५ वर्षीय चन्द्रदेव भट्टको रहस्यमय तरिकाले करेन्ट लागेर मृत्य भएको छ । सव स्टेशनको ३३ केभिए लाइनको ट्रान्सफर्मरमा करेन्ट लागेर भट्टको मृत्यु भएको हो । आइतवार बिहान मात्रै भट्टको शव देखेपछि कर्मचारीले प्रहरीलाई […]