बर्दियाका विपन्न किशोरीलाई जीवन उपयोगी सीप विकास तालिम

सदरलाइन संवाददाता ८ भाद्र २०७९, बुधबार २०:१०
 


गुलरिया (बर्दिया) :  प्लान ईन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लवले बर्दियाका युवा महिलाहरुको आर्थिक सशक्तिकरणका लागि सीप विकास तालिम सञ्चालन गरेको छ । क्लवले प्लान नेपालको सहयोगमा विपन्न सिमान्तकृत तथा सामाजिक बहिष्करणमा परेका १८ वर्षदेखि २४ वर्ष उमेर समुहका किशोरीलाई लक्षित गरी सञ्चालन गरेको हो ।

क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले विपन्न तथा सिमान्तकृत समुदायका किशोरीलाई लक्षित गरी उद्यमशिलता तालिम मार्फत महिलाहरुको आर्थिक सशक्तिकरण, स्वरोजगारी सृजना तथा जीविकोपार्जनमा पहुँच र रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत सो तालिम सञ्चालन गरिएको जानकारी दिए ।

बर्दियाको गुलरियामा बुधवारबाट शुरु गरिएको सो तालिमको अनौपचारिक तरिकाले शुभारम्भ गर्दै बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले १८ देखि २४ वर्षका १ सय २० जना युवा महिलालाई तालिम दिएर स्वरोजगार बनाउने लक्ष्य रहेको बताए ।

उनले बर्दियाको गुलरिया र ठाकुर बाबा नगरपालिकाका १ सय २० जना अति विपन्न तथा जोखिममा  रहेका युवा  महिलालाई  सीपमुलक तालिम दिएर विभिन्न चरणपछि ६० जनालाई उद्यम, व्यवसाय गर्न लगाउने र ६० जनालाई रोजगारीको अवसर प्रदान गर्ने योजना रहेको जानकारी दिए ।


कोभिड १९ को कारणबाट पर्न गएको आर्थिक प्रभावलाई कम गर्न अति जोखिममा रहेका युवा महिलाको शिप र ज्ञान अभिबृद्धि गरि स्थानीय बजार सुहाउँदो व्यवसाय सञ्चालन गरेर वा रोजगार प्राप्त गरेर आर्थिक रुपमा सशक्त बनाइने परियोजनाको उदेश्य रहेको परियोजना संयोजक गोविन्द लामिछानेले जानकारी दिए ।

सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्षहरु रुद्र सुवेदी र झलक गैर, पत्रकार नरेन्द्र थापा तथा सिराज खानको पनि उपस्थिति रहेको थियो ।

तलिममा सहभागि हुन आएका अधिकांश किशोरीले आफ्नो आर्थिक अवस्था निकै नाजुक रहेको बेला यो तालिम पाएर स्वरोजगार बनेर जीवनयापन गर्न सहज हुने आशा व्यक्त गरेका थिए ।

चार दिनसम्म चल्ने सो तालिममा प्रशिक्षक डिलाप्रसाद ओलीले सहजिकरण गर्ने भएका छन । तालिममा सहभागिलाई व्यवसाय छनोट, सञ्चालनका आधारहरु, व्यवसायिक योजना निर्माण र व्यवस्थापनका विभिन्न पक्षहरुका बारेमा जानकारी दिने जनाईएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेकपा एसद्वारा बाँके–१ बाट उम्मेदवार सिफारिस

८ भाद्र २०७९, बुधबार २०:१०
नेपालगञ्ज : नेकपा एकीकृत समाजवादी (एस) बाँकेले क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ ले पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ नेकपा एसका अध्यक्ष मञ्जु […]

सम्बन्धित