वर्षायाममा फैलनसक्ने महामारी रोक्न बाँकेका स्वास्थ्यकर्मी तयारीमा जुटे

६ असार २०७५, बुधबार १०:१२
 

सदरलाइनडटकम
नेपालगन्ज  : वर्षायामको सुरुवातसंगै हुनसक्ने महामारी जन्य प्रकोपको सामान गर्नको लागि बाँकेका स्वास्थ्यकर्मीहरुका लागि एक दिने अभिमुखिकरण सुरु गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सो अभिमुखिकरण कार्यक्रममा बाँकेका आठ वटै पालिकाका स्वास्थ्य संयोजक तथा स्वास्थ्यकर्मी, स्वास्थ्यका क्षेत्रमा कार्यरत विभिन्न गैसस तथा अन्तरराष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले उद्दघाटन गरेको सो कार्यक्रमममा वाढी जन्य प्रकोपको बेलामा स्वास्थ्यको क्षेत्रले गर्नुपर्ने कामको बारेमा छलफल गरि योजना निर्माण समेत गर्ने छ ।
उनले प्रकोपको बेलामा पर्न सक्ने असुविधालाई अहिले नै मनन गरेर तयारी अवस्थामा रहनको लागि सबै स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिए । उनले भने–‘प्रकोपको बेलामा दोहोरो संवाद पनि अत्यन्तै आवश्यक हुन्छ सबैले आ–आफ्नो नंबर एक अर्कालाई दिनुहोस र विपदको वेला आवश्यक पर्ने औषधिको भएनभएको चेकलिस्ट तयार गरी जिल्लाबाट वा पालिकाबाट हुन्छ आवश्यकतालाई पुरा गरेर सुरक्षित भण्डारण गर्नुहोस ।’
जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले सहजिकरण गरेको सो कार्यक्रममा महामारी व्यवस्थापन संगै प्रकोपका कारण फैलनसक्ने रोगको पहिचान गरी औषधिको जोहो गर्नुको साथै सुरक्षित भण्डारण गर्ने तौरतरिकाको बारेमा छलफ गरिएको थियो ।
बाढीको कारण अत्यन्तै प्रभावित हुने गाउपालिकाहरुमा आवश्यक पर्ने औषधि भए नभएको चेकलिष्ट तयार पारी औषधिको जोहो गर्नको लागि सबै स्वास्थ्य संस्थाहरुलाई पूर्व सचेत बनाईएको माहामारी जन्य रोग नियन्त्रण शाखाका फोकलपर्शन समेत रहेका जनस्वास्थ्य अधिकृत चन्दले जानकारी दिए । 

Next Post

चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने राष्ट्रपति सीको विश्वास

६ असार २०७५, बुधबार १०:१२
बेइजिङ । राष्ट्रपति सी जिनपिङले चिनियाँ रेल छिट्टै काठमाडौं पुग्ने विश्वास व्यक्त गरेका छन् । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भएको भेटमा राष्ट्रपति सीले नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको बताएका हुन् । पूर्वाधार विकास नेपालको प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री ओलीले रेल्वे र उत्तर दक्षिण […]

सम्बन्धित