मास्क लगाउन अनुरोध गर्दै बाँकेका सिडिओ

सदरलाइन संवाददाता ३ बैशाख २०७८, शुक्रबार १३:२८
 

नेपालगञ्ज : कोरोना बढेपछि अनिवार्य मास्क लगाउन आह्वान गरिएको छ । कोरोना तीव्र गतिमा बढेपछि अनिवार्य मास्क लगाउन आग्रह गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगञ्जको धम्बोझी चोकमा सबैलाई मास्क लगाउन अनुरोध गरे । मास्क नलगाएकालाई मास्क किन्न लगाई मास्क लगाएर गन्तव्यतर्फ पठाइएको थियो ।


सो अवसरमा प्रदेश सांसद् कृष्णा केसी नमुना, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बम, अनुसन्धान विभाग बाँके प्रमुख एसपी नरेन्द्र गिरी, वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का लगायतको उपस्तिथि थियो ।

Next Post

बाँकेसहित १४ जिल्ला अति अतिसंवेदनशील घोषणा

३ बैशाख २०७८, शुक्रबार १३:२८
नेपालगञ्ज : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाँकेसहित १४ जिल्लालाई अतिसंवेदनशील जिल्ला घोषणा गरेको छ । मन्त्रालयले देशभरका नागरिकहरूलाई कोरोना भाइरसको संक्रमणबाट जोगिन पूर्ण रूपमा स्वास्थ्य मापदण्ड पालना गरेर जिम्मेवार बन्न समेत आग्रह गरेको छ । त्यस्तै अति संवेदनशील क्षेत्रका रूपमा घोषणा गरिएका जिल्लाहरूमा राति ७ […]