आकाशे पुल र सडक कालोपत्रे योजनाको मन्त्री राईद्वारा शिलान्यास

सदरलाइन संवाददाता ४ भाद्र २०७९, शनिबार १४:४२
 

नेपालगञ्ज : भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले जमुनाहादेखि कोहलपुरसम्म निर्माण गरिने पाँचवटा आकाशे पुर र अस्फाल्ट सडक ओभरले आयोजनाको शनिवार नेपालगञ्जमा शिलान्यास गरेका छन् ।

मन्त्री राईले दुबै आयोजनाको धम्बोझी चोक र राँझा चोकमा छुट्टाछुट्टै कार्यक्रममा शिलान्यास गरेका हुन् ।

सो अवसरमा बोल्दै उनले धर्म र जातिको नाममा जनतालाई विभाजित गरेर राजनीति गर्नेहरुसँग सावधान रहन बाँकेवासीलाई आग्रह गरे । आफुले सधैं सबैको विकास र उन्नतीको राजनीति गरेको दाबी गर्दै उनले यसबारे जो कोहीसँग छलफल र बहस गर्न तयार रहेको बताए ।


मन्त्री राईले आफु बाँकेबाट दुई पटक सांसद र तीन पटक मन्त्री भएको अवधीमा गरेका विकासका कामहरुको उल्लेख गरे । उनले शहरी विकास मन्त्री भएको बेला ५२ वटा सडक निर्मा गराएको, ५२ वटा हाइमास्ट लाइट जडान गराएको, भेरी अस्पतालका लागि अत्याधुनिक भवन निर्माण शुरु गराएको, विभिन्न धार्मिक तथा सामाजिक स्थलहरुको निर्माण तथा जिर्णोद्धार गरेको लगायत विकासका कामहरु गरेको स्मरण गराए ।

अझै केही समय बाँकी रहेकोले बाँकेका लागि धेरै विकास योजना ल्याउने विश्वास दिलाउँदै मन्त्री राईले क्षेत्र नं. २ मात्र नभई आफु समग्र जिल्लाका लागि काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गनापुरस्थित अम्बे स्टिलले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु

४ भाद्र २०७९, शनिबार १४:४२
नेपालगञ्ज : बाँकेको गनापुरस्थित अम्बे स्टिल उद्योगले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । जानकी […]