शिक्षण अस्पताल कोहलपुरद्वारा ‘हाइ अलर्ट’ टोली परिचालन

सदरलाइन संवाददाता १८ कार्तिक २०८०, शनिबार १३:२८
 

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जाजरकोट भूकम्प पिडितहरुको उपचारका लागि विशेषज्ञ टोली ‘हाइ अलर्ट’ अवस्थामा परिचालन गरेको छ । अस्पतालका सूचना अधिकारी सन्जय कुमार पन्तका अनुसार डा. दिनेश श्रेष्ठको नेतृत्वमा उक्त ‘हाइ अलर्ट’ टोली परिचालन गरिएको छ । पन्तका अनुसार हाल एक सय जनाको उपचार गर्न सक्ने गरी उक्त डाक्टरहरुको टोली ‘हाइ अलर्ट’ परिचालन गरिएको छ ।

अस्पतालसँगै जोडिएको हेलिप्याडमा ६ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत अस्पताल कर्मचारी कुश्मा बस्यालले जानकारी गराएका छन् । त्यसै गरी विरामीहरुलाई रगतको अभाव हुन नदिन समेत रगत सुरक्षित राखिएको अस्पतालले जनाएको छ ।


जाजरको घटनामा कसैलाई पनि ब्लड अभाव नहोस् भन्ने उदेश्यले रेडक्रसमा नेकपा एमालेले रक्तदानका लागि आम नागरिकहरुको आह्वन गरेको छ । नेकपा एमाले बैजनाथ गाउँ कमिटीले रक्त दान गर्नका लागि अस्पतालमा रहेको रेडक्रसमा आएर रक्त दान गर्न आग्रह गरिएको नेकपा एमाले गाउँ कमिटी अध्यक्ष इन्द्र थापाले जानकारी गराए ।

हामी अस्पताल परिसरमा छौँ रक्त दान गर्न हाम्रा सबै भातृय संघ गठनलाई आग्रह गरेका छौँ उनले भनेका छन् । हामी अस्पताल परिसरमा छौँ रक्त दान गर्न हाम्रा सबै भातृय संघ गठनलाई आग्रह गरेका छौँ उनले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाइतेको उपचारका लागि कोहलपुरमा सरोकारवालाविच छलफल

१८ कार्तिक २०८०, शनिबार १३:२८
कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानीय सरोकारवाला विच भूकम्प पिडितहरुका घाइतेहरुको उपचारका लागि आवश्यक समन्वय गरिएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारी, सन्जु कुमारी चौधरी, बाँके जिल्ला समन्वय समितिकी उप संयोजक सिता कार्की, कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्य, उप […]