कोहलपुरमा जीपको ठक्करबाट महिलाको मृत्यु

सदरलाइन संवाददाता ३ पुष २०७९, आईतवार ११:१७
 

नेपालगञ्ज : बाँकेको कोहलपुरमा पिकअप भ्यानको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा १ ञ २४३८ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ की उषा गुरुङको शनिवार घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


ठक्कर दिएर भागेको भ्यानलाई रातीनै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

टरिगाउँ विमानस्थलबाट सातामा ५ दिन उडान हुने

३ पुष २०७९, आईतवार ११:१७
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा अब साताको पाँच दिन उडान हुने भएको छ । यसअघि सातामा तीन दिन मात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबार मात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि […]