बाँकेमा लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

सदरलाइन संवाददाता ३० श्रावण २०७९, सोमबार १३:२४
 

नेपालगञ्ज : बाँके प्रहरीले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जानकी गाउँपालिका–३ का ४० वर्षीय राम पल्टन कादु गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

गुप्तालाई लेनदेन मुद्दामा जिल्ला अदालतले गएको बैशाख ९ गते दोषी ठहर गर्दै ६ महिना कैद सजाए तोकेको थियो । अदालतको आदेशपछि गुप्ता फरार थिए । पक्राउ परेका उनलाई सोमवार जिल्ला अदालतमा बुझाइएको छ ।


चालू आर्थिक वर्षको साउन महिनामा बाँके प्रहरीले विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका ७ जनालाई पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउनको सोमवारे व्रत आजदेखि समापन हुने

३० श्रावण २०७९, सोमबार १३:२४
नेपालगञ्ज : साउनको सोमवारे व्रत समापन हुने भएको छ । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लागेको थियो । नेपालगञ्जको बागेश्वरी मन्दिर लगायत आसपासका शिव मन्दिरहरुमा श्रद्धालुहरुको बिहान घुइँचो लागेको थियो । यो वर्ष साउनमा पाँचवटा सोमबार परेको थियो । अन्तिम सोमबार ब्राह्मणलाई गौदान, […]

सम्बन्धित