भेरी अस्पताल विकास समितिको अध्यक्षमा जसगड नियुक्त

सदरलाइन संवाददाता ७ आश्विन २०७९, शुक्रबार १४:००
 

नेपालगञ्ज : सरकारले भेरी अस्पताल विकास समितिको अध्यक्षमा सकिल अहमद जसगडलाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जसगडलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

मन्त्रालयले तीन वर्षीय कार्यकालका लागि अध्यक्षमा जसगडलाई नियुक्त गरेको जनाएको छ । नेपालगञ्जका सुनचाँदी व्यवसायी जसगड नेकपा एकीकृत समाजबादी पार्टीका नेता हुन् ।


उनी समाजबादीको कोटामा अस्पताल विकास समितिको अध्यक्ष बनेका हुन् । जसगड समाजबादीका जिल्ला सदस्य भएको बताइएको छ । यसअघि अस्पताल विकास समितिको अध्यक्षमा प्रमोद धिताल रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

७ आश्विन २०७९, शुक्रबार १४:००
नेपालगञ्ज : जवरजस्ती करणी उद्योग मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को ३६ वर्षीय गम बहादुर खत्रीलाई शुक्रवार पक्राउ गरिएको हो । २०७५ साल जेठ २३ गते बाँके जिल्ला अदालतले खत्रीलाई जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ५ महिना ५ […]