प्रदेश ६ मा कांग्रेस संसदीय दलको नेतामा शाही

२६ माघ २०७४, शुक्रबार १९:५८
 

सुर्खेत, २६ माघ। प्रदेश नम्बर ६ मा नेपाली कांग्रेसले जिवनबहादुर शाहीलाई संसदीय दलको नेता चुनेको छ।

शुक्रबार वीरेन्द्रनगरमा बसेको दलको बैठकले शाहीलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो।


प्रदेशमा पहिलो र दोस्रो शक्तिका रुपमा एमाले र माओवादीले भागबण्डामा सरकार बनाउने छन्।

यदि वाम पार्टीहरुबीच एकता भएमा ६ जना प्रदेशसभा सदस्य रहेको कांग्रेसले अबको पाँच वर्ष सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेछ।

यो प्रदेशमा कांग्रेबाट प्रत्यक्षतर्फ विजयी भएका उनी एक्ला प्रदेश सभा सदस्य हुन्। उनी हुम्ला (ख) बाट विजयी भएका हुन्।

Next Post

फेरी दोहोरियो होटलमा बलात्कारको घटना

२६ माघ २०७४, शुक्रबार १९:५८
सदरलाइनडटकम २६ माघ, नेपालगन्ज : नेपालगन्जमा रहेका ठूला होटलहरु नै असुरक्षित देखिएका छन् । एकपछि अर्को श्रृंखलाबद्ध तरिकाले नाम चलेका होटलमा नै युवतीहरु बलात्कारको शिकार हुन थालेपछि सबैको चासो यहाँका होटलहरु प्रति गएको छ । एक महिनाअघि मात्रै तीन तारेस्तरको होटेलमा दुईजना युवतिमाथि बलात्कार प्रयास भएको घटना सेलाउन नपाउँदै बिहीबार […]