बाँकेको राप्तीसोनारीस्थित सरस्वती माविमा बेथिती

सदरलाइन संवाददाता २८ श्रावण २०७९, शनिबार १४:०१
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको सरस्वती माध्यमिक बिद्यालय पनेरियामा बेथिती बढेको छ । बिद्यालयले विगत तीन वर्षदेखि लेखा परिक्षण गरेको छैन भने दुई वर्षदेखि बिद्यार्थीलाई छात्रबृत्तीसमेत वितरण गरिएको छैन ।

बिद्यालयमा कार्यरत कतिपय शिक्षकले लामो समयदेखि तलब खान पाएका छैनन् । बिद्यालयमा एउटै ब्यक्तिले बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष भएर चलाइरहने, प्रधानाध्यापक फेरबदल भइरहने, बिद्यालयको हिसाब किताब भद्रगोल हुन थालेपछि अभिभावकले असन्तुष्टी ब्यक्त गरेका छन् । विद्यालयको पढाई ठिक नभएको अभिभावकहरुले गुनासो गरेका छन् ।

व्यवस्थापन समिति नै सबैभन्दा कमजोर भएको र शिक्षकहरु समयमा नआउने गरेको अभिभावक गोपाल बहादुर खड्काको भनाई छ । आफु २०७७ साउन महिनादेखि तलब नपाएको एक शिक्षकले बताएका छन् ।


आफु २०५७ सालदेखि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर बसेको र सबै कुरो आफुले व्यवस्थापन गरेको अध्यक्ष राजकुमार बुढाको दाबी छ । आफुले विद्यालयको स्थापना गरेको बताउँदै उनले शिक्षक शिक्षिकाहरुले राजनैतिक पुर्वाग्रहले नपढाईदिने र अनावश्यक गुटउपगुट बनाउने गरेको आरोप लगाए ।

राप्तीसोनारी वडा नं. ६ का वडाध्यक्ष लवराज खरेलले आफु निर्वाचित भएर आईसकेपछि बिद्यालयमा छड्के गर्दा प्रधानाध्यापक विहिन भएको २९ दिन भएको बताए । विद्यालय व्यवस्थापन समितिले आफ्नो मनपरी गरेको, लामो समयदेखि पढाएका शिक्षिकाहरुको नियुक्ती नभएको साथै दुई वर्षदेखि पढाई राखेका शिक्षकहरुले तलब खान नपाएको उनले बताए ।

विद्यालयमा शुसासन भनेको पटक्कै नभएको उनको आरोप छ । वडाध्यक्ष खरेलले शिक्षा ऐनमा प्रधानाध्यापक र लेखापालको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुनुपर्ने भनिए पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षको दस्तखतबाट खाता सञ्चालन गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीनदीमा पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत

२८ श्रावण २०७९, शनिबार १४:०१
नेपालगञ्ज : डुबान, कटान र पटानले संकट निम्त्याउँदै आएको बाँकेको राप्तीनदीमा ४१ किमि पक्की तटबन्ध निर्माण गर्न भारत सरकार सहमत भएको छ । भारतको जल संशाधन, नदी विकास एवं गंगा संरक्षण विभागले नेपाल–भारत सीमादेखि उत्तर राप्तीका दुवै किनारमा तटबन्ध निर्माण गर्न प्राविधिक अनुगमनसहित लाग्ने खर्च १० अर्ब ४४ करोड ८० […]

सम्बन्धित