गौरव स्मृतिको निःशुल्क आँखा जाँच शिविर सम्पन्न

सदरलाइन संवाददाता ८ भाद्र २०८०, शुक्रबार १४:११
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ को कन्या माध्यमिक विद्यालयबाट गौरव स्मृति तथा वी ओर सेल्फ फाउण्डेशन नेपालगञ्जले एक दिने निःशुल्क आँखा जाँच शिविर शुक्रबार सम्पन्न गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका भित्रका अन्य वडाहरुमा समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको तथा आउने दिनमा समेत गर्ने जानकारी गराउँदै संस्थाका उपाध्यक्ष करन शाहले हालसम्म १० हजार बढी सेवाग्राहीहरुलाई सेवा उपलब्ध गराउनुका साथै गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि समेत उपलब्ध गराईएको जानकारी दिए ।

विगत ३–४ वर्षदेखि मानव सेवामा समर्पित गौरव स्मृति फाउण्डेशनले हालका दिनमा थप उर्जाका साथ सक्रिय रुपमा विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध गराउँदै आईरहेको जानकारी गराउँदै कन्या माध्यमिक विद्यालयका प्राधानाध्यापकले अहिले आँखा सम्बन्धी बिमारी फैलिएको अवस्थामा विद्यालयसित सहकार्य गरी गौरव स्मृति फाउण्डेशनले सह्रानीय कार्य गर्नुका साथै अगामी दिनमा समेत विद्यालयमा कान तथा दाँत सम्बन्धी निःशुल्क शिविरका लागि अनुरोध गर्ने बताए ।


यसैगरी कन्या माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्षले आज कन्या माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविरमा विद्यालय भित्र रहेका १ कक्षादेखि १२ कक्षाका सम्पूर्ण विद्यालयहरुले सेवा लिई स्वास्थ्य लाभ लिएको बताए । आँखा सम्बन्धी बिमारी बढेको अवस्थामा विद्यालयबाटै अध्ययनरत विद्यार्थीहरुका लागि गौरव स्मृति फाउण्डेशनको सहकार्यमा निःशुल्क औषधि सहितको सेवा पाउँदा धेरै खुशी लाग्नुका साथै गौरव स्मृति फाउण्डेशनलाई आफ्नो विद्यालयको तर्फबाट धन्यवाद समेत दिए ।

यसैगरी गौरव स्मृति फाउण्डेशनका संरक्षक प्रदीप शाहले वार्डमै रहेको कन्या माध्यमिक विद्यालयबाट आँखा सम्बन्धी शिविरको लागि अनुरोध गर्दा हामीले खुशीका साथ गौरव स्मृति फाउण्डेशनबाट अन्य स्थानमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु गर्दै आईरहेको हुँदा आफ्नै वडामा रहेका विद्यालयमा आँखा जाँच सम्बन्धी सेवा उपलब्ध गराउन पाउँदा हृदयदेखि नै खुशी लागेको बताए । यसमा सहकार्य गर्ने विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सहयोगी प्राविधिहरु तथा गौरव स्मृति टीमका सम्पूर्ण सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिनु चाहान्छु’ उनले भने ।

गौरव स्मृति फाउण्डेशनको आयोजना तथा वडा नं. ४ को सहकार्यमा सम्पन्न निःशुल्क आँखा जाँच शिविरमा कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितिका सल्लाहकार, अध्यक्ष, गौरव स्मृति फाउण्डेशनका अध्यक्ष मधु शाह, उपाध्यक्ष करन शाह, सहसचिव प्रेरणा शाही, सदस्यहरु शिवम शाह, बिजय कोरी, मुन्सी हजाम, ब्रिजेश मिश्रा, राजन साई, शुभम वैश्यलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेवाः अगुवाहरुले अडान नलिँदा नेवाः समुदायको पर्वहरु विवादित बन्यो : नेवाः दय् दबु लुम्बिनी

८ भाद्र २०८०, शुक्रबार १४:११
बुटवल : नेवाः अगुवाहरुको कमजोर अडानका कारण नेवाः समुदायमा विभाजन आउने गरि षडयन्त्र हुने गरेको बुटवलमा क्रियाशिल नेवाः हरुले आरोप लगाएका छन् । विगत केहीवर्षबाट नेवाः पर्वहरुको विवादीत तिथिमिति राखेर पात्रो सार्वजनिक गर्ने र एउटै समुदाय भित्र फरक फरक मितिमा चाड पर्व मनाउनुपर्ने गरि भ्रम सृजना हुने गरेको उनीहरुले गुनासो […]