खजुराका विभिन्न क्वारेन्टाईनमा युवा नेता खत्रीको सहयोग

१७ जेष्ठ २०७७, शनिबार ०८:५२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेकपा बाँकेका युवा नेता रत्न खत्रीले खजुरा गाउँपालिका अन्तरगतका विभिन्न क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री वितरण गरेका छन् । नेता खत्रीले राधापुरको तिर्खा आधारभुत विद्यालय र मैटहवा माविमा मास्क र सेनिटाईजर सहयोग गरेका छन् । उनले वडा सदस्य तथा कार्यपालिका सदस्य फत्तेकुमारी जैशीलाई विद्यालयमै पुगेर हस्तान्तरण गरेका हुन ।

यसैगरी नेता खत्रीले सीतापुरको सिगाउँस्थित अमर मावि, उढरापुरको जनसेवा मावि र जनकल्याण प्राविमा मास्क र सेनिटाईजर सहयोग गरेका छन् ।सि गाउँस्थित विद्यालयमा वडा सदस्य नन्दलाल गुप्तालाई उढरापुरमा वडा सदस्य हजुरा वम र कृष्णमाया विक, जंगवहादुर विकलाई सामग्री हस्तान्तरण गरेका थिए ।

खजुरामा वडा सदस्य देउमाया थापा, विद्यालयका प्राचार्य राजेन्द्र सापकोटा र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नेत्र रानाभाटलाई सामाग्री सहयोग गरेका थिए । यसैगरी खत्रीले योगिनी मावी गौघाटमा रहेको क्वारेन्टाईनका लागि पनि स्वास्थ्य सामग्री सहयोग गरे ।


वडा सदस्य टोपवहादुर खत्री, विद्यालयका प्राचार्य गगन खडका, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमवहादुर पुनलाई नेता खत्रीले सामग्री हस्तान्तरण गरेका छन ।

नेता खत्रीले ईगाउँ क्वारेन्टाईनका लागि समेत स्वास्थ्य सामग्री सहयोग लिएर पुगेका छन । खत्रीले यसअघि वेजनाथ र जानकी गाउँपालिका तथा खजुराको ईगाउँ र रनियापुरमा रहेको क्वारेन्टाईनका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको बताए ।

Next Post

जानकी गाउँपालिकाले कोरोना परिक्षणको लागि भिटिएम खरिद गर्दै

१७ जेष्ठ २०७७, शनिबार ०८:५२
सदरलाइनडटकम, नेपालगञ्ज :  बाँँकेको जानकी गाउँपालिकाले कामका लागि भारत गएका र कोरोना भाइसर संक्रमणको महामारीका कारण घर र्फिता भएका नागरिक सबैलाई स्वाब संकलनका लागि भिटिएम खरिद गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्रका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका १ सय ९२ जना नागरिक रहेका छन् । स्वास्थ्य परिक्षणका लागि गाउँपालिकाले स्वाब संकलनका […]

सम्बन्धित