बाँकेका बिद्यार्थीले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने प्रतिवद्धता

९ मंसिर २०७४, शनिबार १८:५४
 

सदरलाइनडटकम
९ मंसिर, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय रहने बाँकेका बिद्यार्थीहरुले प्रतिबद्धता जनाएका छन् ।
लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा राप्रपाका ओप्रकाश आजाद, प्रदेश सभा–२ क बाट निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ख बाट सुरेन्द्र हमाल प्रतिस्पर्धामा छन् । तिनै जना उम्मेदवारप्रति क्षेत्र नम्बर २ मा जनलहर बढिरहेका बेला बिद्यार्थीहरुले पनि जिताउन सक्रिय भूमिका निभाउने प्रतिवद्धता जनाएका हुन् ।


नेपाल बिद्यार्थी संघले शनिबार बिहान काँग्रेस पार्टी कार्यालयमा आयोजना गरेको बृहत कार्यक्रममा उपस्थित बिद्यार्थीले लोकतन्त्र बचाउन र देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बाहेक अर्को विकल्प नहुने धारणा राखे ।
अधिकांस बिद्यार्थी अगुवाले लोकतन्त्र बचाउनका लागि नेपाली काँग्रेस र राप्रपाका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । सो क्रममा उपस्थित प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभाका उम्मेदवार हमाल र सिजापतिले आफुहरु निर्वाचित भएपछि लोकतन्त्रको संस्थागत, संविधान कार्यान्वयनसँगै बाँकेको विकासमा नेतृत्व गर्ने धारणा राखे ।
यसैबीच लोकतान्त्रिक गठबन्धनले बाँकेका तीन वटै क्षेत्रमा घरदैलो गरेको छ । क्षेत्र नम्बर १ मा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा उम्मेदवार माधवराम खत्री, प्रदेश सभा–१ क का सरदचन्द्र बर्मा र प्रदेश सभा–१ ख का उम्मेदवार नारायणप्रसाद गौडेलले आफ्नो क्षेत्रमा शनिबार बिहान घरदैलो गरेका थिए ।
यस्तै क्षेत्र नम्बर २ अन्र्तगत डुडुवा गाउँपालिकास्थित बनकट्टीमा घरदैलो तथा चुनावी सभा गरेर प्रतिनिधी सभा–२ का उम्मेदवार आजाद र निरन्जनसिंह सिजापतिले मतदातासँग भोट मागेका छन् । यता प्रदेश सभा–२ ख का उम्मेदवार सुरेन्द्र हमालले नेपालगन्जमा मतदातालाई भेटेर आर्शिवाद लिईरहेका छन् ।


 

Next Post

एकीकृत राप्रापाको जितले मात्र जनताको समस्या सम्बोधन हुने

९ मंसिर २०७४, शनिबार १८:५४
सदरलाइनडटकम ९ मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रबादीका प्रवक्ता तथा बाँके प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार तेजनारायण कंडेलले आफुले जितेमा जनताको जनजिविकाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रको तेलियनपुरवा, रामबाग, जोधपुरवा लगायतका क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाटपछि आयोजित कोणसभामा सो कुरा बताएका हुन […]