नेपाललाई ओलीको जवाफ, प्रधानमन्त्री हुन ‘ह¥याकह¥याक’ गर्नेलाई अरुले मन नपराएको थाहाँ छैन !

सदरलाइन संवाददाता २२ बैशाख २०८१, शनिबार २०:३०
 

 

काठमाडौँ  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै प्रधानमन्त्रीका लागि दमको विरामी जस्तै ह¥याकह¥याक गरिरहेको टिप्पणी गरेका छन ।

एमाले रसुवाको जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुन आँटेकाले अरुले आफुलाई मन नपराएको समेत थाहाँ नपाएको बताए ।

अहिले पनि तपाईंहरुले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर परेको छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरुले मन पराएका छैनन् भन्ने कस्तो थहाँ नपाएको ? ओलीको भनाइ छ ।

केही दिन अघि समाजवादीका अध्यक्ष माधब कुमार नेपालले पार्टी निकट अनेमासंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री हुन लाग्यो भनेर केहीलाइ भतभति पोलेको बताउनु भएको थियो । ‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ । तिनिहरूलाई पोले पोलोस् । दनदनी आगोले पोलिदियोस्,’ नेपालले भनेका थिए ।


नेपालको सोही टिप्पणी्प्रति लक्षित प्रतिक्रिया दिदै ओलीले नेपालको प्रधानमन्त्री बन्ने चाहाँना सोम शर्माको सातुको कथा सँग तुलान गर्दै प्रधानमन्त्री हुने चाहाना सपना मात्र रहेको बताए ।

ओलीले संवोधनको क्रममा भने–‘मलाई अचम्म लाग्छ, किन त्यस्तो हतार छ ? कसले रिस ग¥यो ? किन रिस ग¥यो ? हामी अहिले एउटा अभियानमा छौं, यो देश प्रधानमन्त्री हुनमात्रै हो, प्रधानमन्त्री हुन ह¥याकह¥याक दमको बिरामीले जस्तो गर्दैछन् । प्रधानमन्त्री, प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔं भनेर । मैले भनें, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अलि घाम लागेको नि फुट्थ्यो पानी आए पनी फुट्थ्यो ।

ओलीले सुनाएको सोम शर्माको कथा के हो ?

.सोम शर्मा नाम गरेको एक ब्राम्हण थियो । दिनभरि मागेर ल्याएको पिठो–चामलले उसको गुजरा चल्दथ्यो । एक साँझ गाउँ घुमेर लखतरान भई ओच्छ्यानमा ढल्केको थियो । माथि झुण्ड्याएको पिठो–चामलको घैंटो हेर्दै कल्पिन थाल्यो ।

‘मागेर ल्याएको चामल–पिठो धेरै जम्मा गर्दछु । त्यसलाई बेचेर धेरै पैसा बनाउँछु । अनि राम्री स्वास्नी बिहे गर्दछु । सुरु देखि नै त्यसलाई कज्याएर राख्छु । भनेको मानिन भने यसरी लात्ताले भ्वाक्क् हान्छु ।’ उसको लात्तीले पिठोको घैंटो फुट्यो । त्यो सबै भुईंमा पोखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुट र तिक्तता बोकेर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

२२ बैशाख २०८१, शनिबार २०:३०
  कोहलपुरं (बाँके)  :  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गुट र तिक्तता बोकेर सधैं हिडिराख्नु पार्टी र मुलुकको लागि राम्रो नहुने बताएका छन । बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं– १ ( प्रदेश सभा १ क, १ ख) को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताएका हुन […]